गृहमन्त्रीको आदेशलगत्तै पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष बन्जाडे पक्राउ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनलगत्तै पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन् । बुटवलको ट्राफिक चोक नजिकबाट उनलाई पक्राउ गरिएको हो । गृहमन्त्री थापाले सेवा अवरुद्ध गर्ने यातायात सेवा समितिका पदाधिकारीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेका थिए । ऐनमा ६ महिनासम्म कैद गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न...

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनलगत्तै पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन् । बुटवलको ट्राफिक चोक नजिकबाट उनलाई पक्राउ गरिएको हो ।

गृहमन्त्री थापाले सेवा अवरुद्ध गर्ने यातायात सेवा समितिका पदाधिकारीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेका थिए । ऐनमा ६ महिनासम्म कैद गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजाय गर्न सकिन्छ ।

पश्चिम नेपाल बस व्यवसायी सङ्घका महासचिव पदमराज गाहालार्इ पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई आफ्नै घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यलय, बुटवलमा लगिएको छ ।

त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।