पदाधिकारी पक्राउ परेपछि यातायात महासङ्घको अाकस्मिक बैठक बस्दै

सिन्डिकेटको पक्षमा सार्वजनिक यातायात नचलाएकाले पक्राउ गरिएपछि महासङ्घको आकस्मिक बैठक बस्न लागेको महासङ्घका अध्यक्ष योगेन्द्रकुमार कर्माचार्यले जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएसँगै आफ्ना पदाधिकारी प्रक्राउ परेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अाकस्मिक बैठक बस्ने भएको छ ।

सिन्डिकेटको पक्षमा सार्वजनिक यातायात नचलाएकाले पक्राउ गरिएपछि महासङ्घको आकस्मिक बैठक बस्न लागेको महासङ्घका अध्यक्ष योगेन्द्रकुमार कर्माचार्यले जानकारी दिए । ‘हाम्रा साथीहरु पक्राउ पर्नु दुखद् छ । पञ्चायतकालमा जस्तो शासन लाद्ने सरकारविरुद्ध हामी पछि हट्दैनौँ,’ उनले भने, ‘सबै साथीहरुलाई बोलाएर बैठक बस्दैछौँ ।’

उनले सबै यातायात समितिका पदाधिकारी सदस्यहरुसँग यस विषयमा छलफल भइरहेको र अब कसरी अगाडि बढ्नेबारे कुरा भइरहेको बताए ।