यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष र महासचिव पक्राउ

राजधानीको रिपाेर्टर्स क्लबबाट आफूलाई पक्राउ गरेको महासचिव सिटौलाले क्यापिटल नेपाललाई जानकारी दिए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी र महासचिव सरोज सिटौला पक्राउ परेका छन् । प्रहरीले उपाध्यक्ष सुवेदीलाई धरानबाट र महासचिव सिटौलालाई काठमाडौंको रिपाेर्टर्स क्लबबाट पक्राउ गरेको हो । राजधानीको रिपाेर्टर्स क्लबबाट आफूलाई पक्राउ गरेको महासचिव सिटौलाले क्यापिटल नेपाललाई जानकारी दिए ।

सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीको निर्देशनलगत्तै धमाधम व्यवसायीहरु पक्राउ परिरहेका छन् ।