बन्द हडताल स्वीकार्य हुँदैन : वार्इसीएल

वार्इसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वार्इसीएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ ।

वार्इसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गरेका छन् ।

तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वार्इसीएलले जनाएको छ ।

यातायात क्षेत्रमा सञ्चाचिल सेवा समितिको सिन्डिकेटविरुद्ध सरकारले चालेको कदम रोक्न आयोजित यातायात बन्द असफल बनाउन सबै किसिमका सवारी सञ्चालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनीलाई वार्इसीएलले आग्रह गरेको छ ।

वार्इसीएलले ग्यारेजमा थन्क्याइएका गाडी सञ्चालनमा ल्याउन र नमान्नेमाथि कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ ।

आफूसँग भएका सवारी साधन परिचालन गरी स्वयंसेवा भावनाका साथ सहयोग गर्न पनि वार्इसीएलले आग्रह गरेको छ ।