रुट परमिट खारेज भएका सवारी चलाए तत्काल पक्राउ

सिन्डिकेट कायम गर्न भन्दै सार्वजनिक यातायात रोक्ने व्यवसायीलाई पक्राउ गरिसकिएको र अटेर गरी खारेज गरिएका रुटमा सवारी चलाए पक्राउ गरी हदैसम्मको कारबाही गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

सरकारले रुट परमिट खारेज गरिदिएछि सवारी सञ्चालनमा आए तत्काल पक्राउ गर्ने भएको छ । सिन्डिकेट कायम गर्न भन्दै आफ्ना सार्वजनिक यातायात रोकेका यातायात समितिकोे रुट सरकारले शुक्रबार नै खारेज गरेको थियो । सिन्डिकेट कायम गर्न भन्दै सार्वजनिक यातायात रोक्ने व्यवसायीलाई पक्राउ गरिसकिएको र अटेर गरी खारेज गरिएका रुटमा सवारी चलाए पक्राउ गरी हदैसम्मको कारबाही गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

‘रुट खारेज गरेपछि पनि अटेर गरी सवारी चलाउँछन् भने हामी छाड्दैनौं,’ उनले भने, ‘त्यस्ता सवारीसाधनहरु हालसम्म तीन ओटा पक्राउ परिसकेका छन् ।’ उनका अनुसार पक्राउमा परेका त्यस्ता सवारीसाधन तथा व्यववसायलाई ऐन नियमअनुसार हदैसम्मको कारबाही हुनेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शुक्रबार र शनिबार देशभरका यातायात ठप्प पार्ने निर्णयविरुद्ध सरकार आक्रमण बन्दै गएको अवस्थामा सरकारले उक्त निर्णय गरेको हो । यातायात व्यवसायीको आन्दोलन तथा सरकारको निणर्यको बेवास्तापश्चात् मन्त्रालयको बैठकको पहिलो दिन मानै सरकाले उपत्यकाको एस फाइभलगायत अन्य स्थानमा चल्ने सवारीको रुट खारेज गरेको थियो ।

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले शनिबारदेखि नयाँ बसपार्क रुटमा दिगो यातायातका सवारीसाधन मात्र सञ्चालन हुने निर्णय गरेको थियो । सो क्षेत्रमा चल्दै आएका माइक्रो बसको इजाजत रद्द गरेको दिगो यातायातलाइ रूट दिएको हो । राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिन्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको थियो ।

महानगरीय ट्राफिक व्यवस्थापन प्रवक्त मनोज न्यौपानेले रुट परमिट खारेज भएका रुटमा सवारीसाधन चले÷नचलेको निगरानी भइरहेको र पक्राउ हुने क्रम पनि जारी रहेको जानकारी दिए । सरकारको नियमविपरीत सवारीसाधन चलाएको पाइएमा चालकसहित सवारीसमेत नियन्त्रणमा लिइएको उनले बताए । ‘हालसम्म तीनओटा माइक्रो बस समातिसकेका छौं,‘ उनले भने, ‘अझै पनि नियमविपरीत चलाइरहेको खबर पाएका छौं, तिनको खोजी जारी छ ।’

त्यस्तै यातायात व्यवस्था विभागले शुक्रबार सिनामङ्गल–एनएसी रुटमा चलिरहेका २६ माइक्रोको रुट इजाजत खारेज गरेको थियो । तर पनि उक्त रुटमा दर्ता खारेज भएका माइक्रो चलिरहेका छन् । कम्पनीमा जाने गरी सरकारी सहुलियत ऋणमा बस किन्न लागेका यो रुटमा माइक्रो व्यवसायीले सेवा रोकेका थिए । माइक्रो हटाएर १७ ओटा नयाँ ठूला बस चलाउन सरकारले व्यवसायीलाई सहयोग गर्ने विभागका प्रवक्ता तुलसीराम अर्यालले जनकारी दिए ।