बजारमा हिरोको ग्ल्यामर एसभी बाइक र ड्युट स्कुटी 

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले हिरोका दुई उत्कृष्ट मोडल ग्ल्यामर मोटरसाइकल र ड्युट स्कुटर आइतबार नेपाली बजारमा सर्वजनिक गरेको हो ।

पछिल्लो पटक बजार हिस्सा बढाउँदै लगेको हिरो मोटरसाइकलले नेपाली बजारमा हिरो ग्लामर एसभि मोटरसाइकल र डियुट स्कुटर सार्वजनिक गरेको छ ।
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आइतबार हिरोको मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको हो ।
नेपाल जनरल मार्केटिङका प्रबन्ध निर्देशक अभीक ज्योती र हिरोका कन्ट्री म्यानेजर नर्पीत सिंहले मोटरसाइकल र स्कुटर सार्वजनिक गरेका हुन् ।
नेपाल जनरल मार्केटिङका प्रबन्ध निर्देशक अभीक ज्योतीले हिरोको मोटरसाइकल र स्कुटर मूल्य, माइलेज र गुणस्तरका कारण नेपाली उपभोक्ताको मन जितिरहेको बताए । ‘हामीले विगतमा भन्दा बजार हिस्सा बढाउँदै लगेका छौं, हिरोप्रतिको नेपाली उपभोक्ताको विश्वासकै कारण नेपालमा यो लोकप्रिय भैरहेको छ,’ उनले भने ।

हिरो ग्ल्यामर एसभी

हिरो ग्ल्यामर एसभी फरक विशेषताका साथ नेपाली बजारमा उपलब्ध भएको छ । ग्ल्यामरमा एक सय २५ सीसीको इन्जिन छ । यो मोटरसाइकल  विशेषगरी आईथ्री प्रविधिमा आधारित भएर बनेको हुँदा अझ आकर्षक छ । यसमा ट्युबलेस टायर, मुस्कुलर र स्पोर्टी डिजाइनमा यो आएको छ ।

यो मोटरसाइकलले प्रतिलिटर ५० देखि ६० किलोमिटरसम्म माइलेज र प्रतिघण्टा सय किलोमटरसम्म गति दिन्छ । हरियो, नीलो, रातो आदि कलरमा उपलब्ध रहेको मोटररसाइकलको मूल्य एक लाख ९३ हजार रहेको कम्पनीले जानकारी दिएको छ ।

हिरो ड्युट

ड्युट स्कुटर पनि हिरोको अर्को नयाँ मोडल हो । फरक इन्जिन, एक्स्ट्रा पावर, पिकअप आदि यसका मुख्य विशेषता हुन् । यो स्कुटीमा मोबाइल चार्जिङ सिस्टम र आरामदायी सिट छ । रातो, ग्रे र कालो रङमा उपलब्ध स्कुटीको मूल्य एक लाख ७९ हजार पाँच सय रहेको कम्पनीले जानकारी दिएको छ ।