डिलरहरुलाई कम्पनीका प्रतिनिधि तथा डेल्टा डिस्ट्रिब्युटर्सका सञ्चालकहरु विनीत सिङ्घानिया, विक्रम सिङ्घानिया र विकास सिङ्घानियाले सम्मानित गरेका थिए । बीकेटीले खासगरी अफ द हाइवे सेग्मेन्टका टायर उत्पादन गर्दै आएको छ ।
बीकेटी टायरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
उक्त अवसरमा कम्पनीले नयाँ टायर समेत सार्वजनिक गरेको छ । माइनिङलगायतका औद्योगिक क्षेत्रमा प्रयोग हुने गाडीका लागि उपयुक्त अर्थम्याक्स रेडियल टायरलाई कम्पनीले नेपाली बजारमा भित्र्याएको हो । टिकाउ, शतप्रतिशत पन्चर प्रुफ र तापक्रम प्रतिरोधक सो टायर विभिन्न चार साइजमा उपलब्ध छ । यो सेग्मेन्टमै पहिलो रेडियल टायर रहेको बताइएको छ ।
सोही कार्यक्रमको अवसर पारी कम्पनीले आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मानसमेत गरेको छ । सन् २०१७ का लागि बेस्ट डिलरका रुपमा शक्ति टायर एन्ड ट्रेडर्स र निखिल टायर सेन्टर सम्मानित भए । बेस्ट सपोर्टिङ डिलरका रुपमा जयराम टायर हाउस, कृष्ण मन्दिर ट्रेडिङ, नेसनल सप्लायर्स र एभरेस्ट टायरलाई सम्मान गरियो । त्यसैगरी बेस्ट इमर्जिङ डिलरको रुपमा एसएस ट्रेडर्स एन्ड सप्लायर्सलाई सम्मान गरियो ।
डिलरहरुलाई कम्पनीका प्रतिनिधि तथा डेल्टा डिस्ट्रिब्युटर्सका सञ्चालकहरु विनीत सिङ्घानिया, विक्रम सिङ्घानिया र विकास सिङ्घानियाले सम्मानित गरेका थिए । बीकेटीले खासगरी अफ द हाइवे सेग्मेन्टका टायर उत्पादन गर्दै आएको छ ।
हाल बीकेटीका उत्पादन विश्वका ५ महादेशका १ सय ३० भन्दा बढी राष्ट्रमा बिक्रीवितरण हुन्छन् । इन्डस्ट्रयल, कन्स्ट्रक्सन र एग्रिकल्चरल टायर सेग्मेन्टमा बीकेटीका उत्पादन अन्तर्राष्ट्रिय रुपमै ओइएमका रुपमा प्रयोग गर्न रुचाइन्छन् । सन् १९८८ यता यो अफ–हाइवे समाधानका रुपमा उपस्थित छ ।