बियर बजारमा बढ्यो प्रतिस्पर्धा, थपियो किङफिसर

बजारमा अर्ना, गोर्खा, नेपाल आइस, टेन्सबर्ग, शेर्पा, स्टार, काठमाडौं, एभरेस्टलगायतका डोमेस्टिक ब्रान्डहरु पनि बजार हिस्सा बढाउन प्रतिस्पर्धामा छन् ।

गर्मी बढ्दै जाँदा बियरपारखीलाई बियर ब्रान्डमा विकल्प बढेको छ । यसै सातादेखि नेपाली बजारमा किङफिसर ब्रान्डको बियर सार्वजनिक भएको छ ।

दुई ठूला कर्पाेरेट घरानाको लगानीमा स्थापित यति बु्रअरीले किङफिसर उत्पादन गरेको हो । कम्पनीले यसअघि अर्ना ब्रान्डमा बियर उत्पादन गरिसकेको छ । अर्ना लाइट र अर्ना स्ट्रोङ बियरमार्फत बजार पसिसकेको कम्पनीले छोटो समयमा आफ्ना उत्पादनलाई स्थापित गराएको हो ।

५५ देशमा उत्पादन हुने किङफिसरलाई नेपालमा उत्पादन गरेर एक साता अघिदेखि कम्पनीले बजारमा पठाउन थालेको हो । ‘हामीले अहिले सफ्ट लन्च गरेर बजारमा पठाएका छौं, सबै सहरमा पुगेको छैन,’ यती बु्रअरीका महाप्रबन्धक अरुण केसीले भने, ‘किङफिसर बहुराष्ट्रिय कम्पनी हो, यो विश्वका ५५ मा उत्पादन हुन्छ ।’

दुई वर्षअघि नै अन्तर्राष्ट्रिय ब्रान्ड भिœयाउने गरेर उद्योग स्थापना गरेको विशाल र एभरेस्ट गु्रपले नेपाली ब्रान्डपछि किङफिसरको उत्पादन थालेको हो ।

डेढ अर्ब लगानीमा स्थापना भएको कम्पनीमा सुरुमा गोल्छा समूह पनि सहभागी थियो । गोल्छा समूहबाट पछिल्लो पटक हितेश गोल्छा बाहिरिएपछि अहिले विशाल गु्रपबाट विशाल अग्रवाल र एभरेस्ट गु्रपबाट सञ्जीव सर्राफले कम्पनीमा प्रतिनिधित्व गरिरहेका छन् ।

किङफिसर थपिएपछि बियर बजारमा तीव्र प्रतिस्पर्धा बढ्ने भएको छ । काल्सबर्ग, टुबोर्ग, सानमिगेलसँगै पछिल्लो पटक दुई अन्तर्राष्ट्रिय ब्रान्ड वार्सटाइनर र किङफिसर नेपालमै उत्पादन भएर बजारमा थपिएको हो ।

बजारमा अर्ना, गोर्खा, नेपाल आइस, टेन्सबर्ग, शेर्पा, स्टार, काठमाडौं, एभरेस्टलगायतका डोमेस्टिक ब्रान्डहरु पनि बजार हिस्सा बढाउन प्रतिस्पर्धामा छन् ।