दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् । जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा.....
बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको.....
बाँकेको राप्तीपारी फत्तेपुरस्थित दीपज्योति प्राथमिक विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग गरेको छ । राप्ती सोनारी गाउँपालिका–६ मा पर्ने उक्त विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले चार दिनसम्म मोहनपुर, हब्रवा, पदनाह, विशम्वरपुर र जोरैया गाउँमा.....
नवलपरासी पूर्व नवलपुरमा ११ महिनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा.....
काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा.....
नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट पाँच लाख रूपैयाँ निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो.....
बुधबार बिहान सुनसरीमा गोली हानी हत्या गरिएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ६ जना भारतीय मुलका व्यक्ति हुसेनकै इँटा उद्योगका कामदार रहेको प्रहरीले जनाएको छ । ‘मर्निङ वाक’मा निस्किएका हुसेनलाई.....
वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय.....
पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ अाेटै जिल्ला सदरमुकाममा.....
आगामी सोमबारबाट ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपालमा सन् २०११ देखि नै अफ्रिकन फिल्म फेस्टिभल हुँदै आएकाे छ । विनशकारी भूकम्प गएको वर्ष भने फेस्टिभल भएको थिएन । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले.....