म्याग्दीमा कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा.....
पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ.....
मेगा बैङ्कका ग्राहकलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा सन्देश जिसीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताबमोजिम मेगा बैङ्कका ग्राहकलाई स्टार.....
जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीका ४ लाख २० हजार कित्ता आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बिक्री गर्नेछ । आईपीओ सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा ६० लाख ५२ हजार रुपैयाँ.....
भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय.....
तामाकोशी गाउँपालिका १ भीरकोटमा रहेको नारायणी माविका विद्यार्थीहरुले शौचालयमा पिसाब जम्मा गरी अर्गानिक फलफूल खेती गर्ने भएका छन् । विद्यालयको खाली जग्गामा विभिन्न जातका फलफूल उत्पादन गर्ने विद्यार्थीहरुको उद्देश्य छ । वातावरण संरक्षण शिविर (एक्का) नेपालको आयोजना र एक्सन मिडिएरको सहयोगमा दोलखाको चरिकोटमा.....
गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान.....
माछापुच्छ्रे बैङ्कले जीएमई रेमिटसँग सुपर एजेन्टका रुपमा सम्झौता गरेको छ । सम्झैतापछि जीएमई रेमिटको भुक्तानी बैङ्कका सबै शाखाबाट हुन्छ । साथै, एमबीएल रेमिटको भुक्तानी जीएमईका ७ हजारभन्दा बढी एजेन्टमार्फत हुने छ । सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका प्रबन्ध निर्देशक.....
विराटनगरमा मेयरको कार्यलयमा कुकर बम विस्फोट भएको छ । मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै आइतबार दिउँसो २ बजे बम विस्फोट भएको हो । मोरङका एसपी मनोज केसीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएका छन् । बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुग्नुको.....
सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले आफ्ना इकाइ धनीहरुलाई करसहित १२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १२ प्रतिशका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने जनाएको छ । यो नगद लाभांश दिएपछि सिद्धार्थ इक्विटीको समायोजित इकाइ मूल्य १० दशमलव १४३ हुने छ । कम्पनीको सञ्चालक समितिले नगद लाभांश.....