समाचार


आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते

आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते

१२ जेष्ठ २०७६, आईतवार १२:३३

दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना.....

‘बोनम्यारो’पीडिललाई दुई लाख सहयोग

‘बोनम्यारो’पीडिललाई दुई लाख सहयोग

१२ जेष्ठ २०७६, आईतवार १२:०९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश/विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ । विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौंको सिभिल अस्पतालमा उपचार.....

जलवायुसम्बन्धी विश्व शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

जलवायुसम्बन्धी विश्व शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

१२ जेष्ठ २०७६, आईतवार ११:५३

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता.....

मध्यरातमा सुतेकै ठाउँमा युवकको हत्या

मध्यरातमा सुतेकै ठाउँमा युवकको हत्या

१२ जेष्ठ २०७६, आईतवार ११:३५

दैलेख । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए.....

हजुरआमाको हत्या, भागेर बाँच्न सफल नाति र हजुरबुबा गम्भीर घाइते

हजुरआमाको हत्या, भागेर बाँच्न सफल नाति र हजुरबुबा गम्भीर घाइते

१२ जेष्ठ २०७६, आईतवार १०:१२

काठमाडौं । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो । उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा.....

जाजरकोटका स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

जाजरकोटका स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

१२ जेष्ठ २०७६, आईतवार ०९:४४

जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा.....

जापान समाज बिहुँकोटद्वारा छ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जापान समाज बिहुँकोटद्वारा छ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

१२ जेष्ठ २०७६, आईतवार ०९:०७

बागलुङ । जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको.....

पुनःनिर्माणमा नयाँ अभ्यासः काठैकाठ प्रयोग गरेर घर निर्माण

पुनःनिर्माणमा नयाँ अभ्यासः काठैकाठ प्रयोग गरेर घर निर्माण

१२ जेष्ठ २०७६, आईतवार ०८:५५

नुवाकोट । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ । विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामासमेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित.....

मध्यरातमा वर्कसपमा आगलागी, मर्मत गर्न राखिएका लाखौँ रुपैयाँका गाडी जलेर नष्ट

मध्यरातमा वर्कसपमा आगलागी, मर्मत गर्न राखिएका लाखौँ रुपैयाँका गाडी जलेर नष्ट

१२ जेष्ठ २०७६, आईतवार ०८:४६

पाँचथर । पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाखभन्दा बढीको क्षति भएको छ ।विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको.....

चालू आवमा मध्यपुरथिमि नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

चालू आवमा मध्यपुरथिमि नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

१२ जेष्ठ २०७६, आईतवार ०८:४१

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा ९१ करोड ७४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट.....