लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति.....
हुम्ला । दुर्गम जिल्ला हुम्लाका ग्रामीण बस्तीमा जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाण्डबाट बिरामीको उपचार गरेका छन् । जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिए । गाउँपालिकाको.....
काठमडौं । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम.....
हुम्ला । हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन सुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री.....
घोराही । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताए । उनले अब आफू.....
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नंको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क.....
गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा अढाई करोड बराबरको क्षति भएको छ । बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी सुरु भएको र प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिन सफल.....
जुम्ला । जुम्लामा कालीमार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ सुरु भएसँगै कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् ।जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो.....
काठमाडौं । के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो । यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो.....
काठमाडौं । नवलपुरको देवचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउन्डेसनले सय बन्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपाली काँग्रेसका सांसद एवम् चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याएपछि सहयोग उपलब्ध गराएका हुन् । जेठ ७ र ८ गतेको हुरी तथा असिना.....