समाचार


बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी

बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी

९ जेष्ठ २०७६, बिहीबार १६:५९

लम्की ।  कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी ५० लाख रूपैयाँ आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चार वटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने.....

अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

९ जेष्ठ २०७६, बिहीबार १६:५२

काठमाडौँ । देशभर कुल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा कुल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा पुगेका छन् । सरकारले आम नेपालीलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ हरेक स्थानीय.....

एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

९ जेष्ठ २०७६, बिहीबार १६:४२

धादिङ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् । तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताए । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा.....

सेयर बजार ५ अङ्कले घट्यो, अपर तामाकोसी र हिमालयन डिष्टीलरीको बढी कारोबार

सेयर बजार ५ अङ्कले घट्यो, अपर तामाकोसी र हिमालयन डिष्टीलरीको बढी कारोबार

९ जेष्ठ २०७६, बिहीबार १५:२९

काठमाडौं । बुधबार बढेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ५ अङ्कले घटेको छ । मङ्गलबार बजार ७.४९ प्रतिशत बढेको थियो । बजार घटेर नेप्से परिसूचक १ हजार ३१४ मा झरेको छ । बजार घटे पनि ९३ करोड २६ लाख २४ हजार रुपैयाँ बराबरका २९ लाख ४३ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको.....

कर्णाली प्रदेश सरकार आागामी आवका लागि नीति तथा कार्यक्रम बनाउँनमा ब्यस्त

कर्णाली प्रदेश सरकार आागामी आवका लागि नीति तथा कार्यक्रम बनाउँनमा ब्यस्त

९ जेष्ठ २०७६, बिहीबार १३:३४

सुर्खेत । कर्णाली प्रदेश सरकार आागामी आव २०७६/७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था,.....

पाल्पाको रिङ्दीमा विद्युत् प्रसारण लाइनको परीक्षण सफल

पाल्पाको रिङ्दीमा विद्युत् प्रसारण लाइनको परीक्षण सफल

९ जेष्ठ २०७६, बिहीबार १३:२०

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गरे । उनले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने.....

मध्यरातमा झापामा आमा–छोरीको हत्या प्रयास, आमा गम्भीर घाइते

मध्यरातमा झापामा आमा–छोरीको हत्या प्रयास, आमा गम्भीर घाइते

९ जेष्ठ २०७६, बिहीबार १२:२६

झापा । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया.....

मौसम पूर्वानुमानः आज र भोलि मेघ गर्जनसहित पानी पर्ने

मौसम पूर्वानुमानः आज र भोलि मेघ गर्जनसहित पानी पर्ने

९ जेष्ठ २०७६, बिहीबार १२:०६

काठमडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान.....

कैलाश मानसरोवरका लागि पास नपाउँदा २० भारतीय तीर्थयात्री फर्किए

कैलाश मानसरोवरका लागि पास नपाउँदा २० भारतीय तीर्थयात्री फर्किए

९ जेष्ठ २०७६, बिहीबार ११:५७

काठमडौं । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको.....

साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’, सम्बन्धित निकाय मुकदर्शक

साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’, सम्बन्धित निकाय मुकदर्शक

९ जेष्ठ २०७६, बिहीबार १०:५२

काठमाडौं । काठमडौंको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘यो.....