समाचार


वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

२९ जेष्ठ २०७६, बुधबार १६:२८

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्युरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको.....

नेप्से परिसूचक पुनः ओरालो

नेप्से परिसूचक पुनः ओरालो

२९ जेष्ठ २०७६, बुधबार १६:१९

काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५.....

प्रधानसेनापति असारको पहिलो साता चीन जाँदै

प्रधानसेनापति असारको पहिलो साता चीन जाँदै

२९ जेष्ठ २०७६, बुधबार १६:१४

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे । असार.....

दुई बोरा गाँजा बरामद

दुई बोरा गाँजा बरामद

२९ जेष्ठ २०७६, बुधबार १६:००

सिरहा । सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेका छ । विशेष सूचनाका अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदह नजिक रहेको बलान.....

च्याउ खानेको अवस्था गम्भीर

च्याउ खानेको अवस्था गम्भीर

२९ जेष्ठ २०७६, बुधबार १५:४७

रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यही जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया.....

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

२९ जेष्ठ २०७६, बुधबार १५:०६

लमजुङ । जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका हुन् । गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो ६०० देखि.....

लागुऔषध कारोबारीमाथि गोली प्रहार

लागुऔषध कारोबारीमाथि गोली प्रहार

२९ जेष्ठ २०७६, बुधबार १५:०१

पोखरा । पोखराको उत्तमचोकमा एक लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा.....

४८२ किलोमिटरको माइलेज दिने ह्युन्डाईको कोना

४८२ किलोमिटरको माइलेज दिने ह्युन्डाईको कोना

२९ जेष्ठ २०७६, बुधबार १४:४२

एजेन्सी । विश्व विद्युतीय गाडीको ट्रेन्डमा सिफ्ट हुँदै गर्दा ह्युन्डाई कम्पनीले आफ्नो नयाँ विद्युतीय कार कोनालाई भारतमा जुलाई ९ मा सार्वजनिक गर्दैछ । भारतमा यसका दुईओटा प्रारुप आउने अपेक्षा गरिएको छ । जसमा एउटा ३९केडब्ल्यूएच र अर्को ६४ केडब्ल्यूजी ब्याट्रीसहित हुनेछ । यसले एक पटक गरिएको चार्जले ४८२.....

चितवन दूधमा आत्मनिर्भर जिल्ला

चितवन दूधमा आत्मनिर्भर जिल्ला

२९ जेष्ठ २०७६, बुधबार १३:४३

चितवन । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका.....

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

२९ जेष्ठ २०७६, बुधबार १३:२६

डोल्पा । गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न.....