समाचार


जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

२९ जेष्ठ २०७६, बुधबार १३:०४

गोरखा । जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत.....

सरकारले मिडिया विधेयक ल्याउँदा तयारी पुगेनः प्रचण्ड

सरकारले मिडिया विधेयक ल्याउँदा तयारी पुगेनः प्रचण्ड

२९ जेष्ठ २०७६, बुधबार १२:२०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए । प्रचण्डले.....

अमेरिकी प्रतिबन्धका कारण हुवावेको नयाँ ल्यापट सार्वजनिक कार्यक्रम स्थगित

अमेरिकी प्रतिबन्धका कारण हुवावेको नयाँ ल्यापट सार्वजनिक कार्यक्रम स्थगित

२९ जेष्ठ २०७६, बुधबार १२:०४

एजेन्सी । चिनियाँ टेक जाइन्ट कम्पनी हुवावेले चाँडै नै बजारमा सार्वजनिक गर्ने भनेको नयाँ विण्डो ल्यापटपको लन्चिङ कार्यक्रमलाई हालका लागि स्थगित गरेको छ । उक्त ल्यापटलाई यसै सप्ताह सांघाईमा जारी सीइएस एसिया ‘शो’मा सार्वजनि गर्ने कार्यक्रम भए पनि हाल अनिश्चितकालका लागि स्थगित गरेको कम्पनीले जनाएको छ.....

आवधिक योजना सञ्चालन गर्न परियोजना बैङ्क स्थापना : उपाध्यक्ष डा.देवकोटा

आवधिक योजना सञ्चालन गर्न परियोजना बैङ्क स्थापना : उपाध्यक्ष डा.देवकोटा

२९ जेष्ठ २०७६, बुधबार ०९:५२

हेटौंडा । प्रदेश नं ३ का नीति योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताएका छन् । प्रदेश नं ३ का नीति योजना आयोग विगत २०७५ जेठ २९ गते स्थापना भई.....

जापानको १ करोड ७७ लाख सहयोगमा विद्यालय भवन निर्माण

जापानको १ करोड ७७ लाख सहयोगमा विद्यालय भवन निर्माण

२९ जेष्ठ २०७६, बुधबार ०८:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण.....

चट्याङले जन धनको क्षति बढ्दै गएपछि चट्याङप्रतिरोधी उपकरण जडान

चट्याङले जन धनको क्षति बढ्दै गएपछि चट्याङप्रतिरोधी उपकरण जडान

२९ जेष्ठ २०७६, बुधबार ०८:३३

खोटाङ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो । गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८००.....

पर्यटकीय पदमार्ग निर्माण सुरु

पर्यटकीय पदमार्ग निर्माण सुरु

२९ जेष्ठ २०७६, बुधबार ०८:१७

लमजुङ । यहाँका एक पर्यटकीय पदमार्गको निर्माणकार्य सुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ । उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका.....

व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

२८ जेष्ठ २०७६, मंगलवार १८:५०

आदिस अबाबा । अफ्रिकी युनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताएका छन् । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि,.....

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

२८ जेष्ठ २०७६, मंगलवार १८:४४

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्युरोले जनाएको छ । ब्युरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९ मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ । यो अप्रिल महिनाको अन्त्यसम्मको.....

कञ्चनपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न राष्ट्रियसभा सदस्यहरूकाे माग

कञ्चनपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न राष्ट्रियसभा सदस्यहरूकाे माग

२८ जेष्ठ २०७६, मंगलवार १६:१४

कैलाली–कञ्चनपुरमा आएको भीषण हावाहुरीपछि अवरुद्ध विद्युत् सेवा सुचारु गर्न माग गर्दै राष्ट्रियसभा सदस्यहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’सँग भेटवार्ता गरेका छन् । सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू महेशकुमार महरा, चक्र स्नेही र हरिराम चौधरी ‘उत्सव’ले.....