समाचार


गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

३० जेष्ठ २०७६, बिहीबार १७:०२

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैङ्क (एडीबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको.....

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

३० जेष्ठ २०७६, बिहीबार १५:५५

बेइजिङ । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । गत वर्षको फेब्रुअरी.....

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

३० जेष्ठ २०७६, बिहीबार १५:३०

तेहरान । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन् । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनावलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा छन् । प्रधानमन्त्री आबेको यो भ्रमण सन्.....

गाउँमै भविष्य खोज्दै युवा

गाउँमै भविष्य खोज्दै युवा

३० जेष्ठ २०७६, बिहीबार १५:१२

बेझाड । आर्थिक उपार्जनका लागि गाउँबाट वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या बढिरहेको बेला निस्दी गाउँपालिका–५ गेझाका सारुले गाउँकै तरकारीखेतीमा आफ्नो भविष्य खोजिरहेका छन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएको देखेपछि परिवार र आफन्तबाटै विदेश जान दबाब आए पनि उनले गाउँकै तरकारी खेती गरेर मनग्य.....

कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या

कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या

३० जेष्ठ २०७६, बिहीबार १५:०२

रारा । मुगु जिल्लास्थित स्थानीय तहका उपप्रमुखहरुले कर्मचारी नहुँदा आफूहरुले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतले आज मुगु जिल्लामा आयोजना गरेको स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुका लागि कानुनी सचेतना कार्यक्रममा उपप्रमुखहरुले.....

धवलागिरि आधार शिविर जान पहरामा बन्यो फराकिलो बाटो

धवलागिरि आधार शिविर जान पहरामा बन्यो फराकिलो बाटो

३० जेष्ठ २०७६, बिहीबार १२:२६

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँ.....

गाउँपालिकाका इञ्जिनीयर एक लाख घुससहित पक्राउ

गाउँपालिकाका इञ्जिनीयर एक लाख घुससहित पक्राउ

३० जेष्ठ २०७६, बिहीबार १२:१२

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुमगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक.....

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण

३० जेष्ठ २०७६, बिहीबार १२:००

लम्की । कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो । अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर.....

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

३० जेष्ठ २०७६, बिहीबार ११:२२

सिन्धुली । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ.....

धनुषाधाम नगरपालिकामा बम विस्फोट

धनुषाधाम नगरपालिकामा बम विस्फोट

३० जेष्ठ २०७६, बिहीबार १०:३६

धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा अज्ञात समूहले बम विस्फोट गराएको छ । बुधबार राति करिब नौ बजेतिर अज्ञात समूहले नगरपालिकाको सभाहल नजिकै बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम विस्फोटका कारण सभाहलको पर्खाल भत्किएको छ । बम विस्फोट कस्ले विस्फोट गरायो र किन गरायो भन्ने बारेमा अनुसन्धान.....