बेइजिङ : चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति.....
पनामा सिटी : चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गरेको समाचार छ । उनले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक कार्यक्रममा त्यहाँका व्यापारिक समुदायलाई सम्बोधन गर्ने क्रममा दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी.....
गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार छ जनालाई फाँसीको सजाय सुनाएको छ । इजरायलीसँग सन्दिग्ध तालमेल गरेको आरोपमा उनीहरुलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरुले बताएका छन् । छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला.....
भारतको सबैभन्दा ठूलो उपभोग्य वस्तु कारोबारी फर्म हिन्दुस्तान युनिलिभरले ३१७०० करोड भारतीय रुपैयाँमा प्रसिद्ध उत्पादन हर्लिक्सको निर्माता जीएसके (ग्लैक्सोस्मिथक्लाइन) आफूमा विलय गर्ने भएको छ । अल–इक्विटी मर्जरमा प्रत्येक जीएसके कन्ज्यूमर इन्डियाको सेयरबराबर हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल).....
काटोविस, पोल्यान्ड : विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसङ्घीय जलवायु वार्ता आइतबारदेखि सुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न.....
ब्युनस आयर्स : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो.....
बेइजिङ : चिनियाँ आधिकारिक तथ्याङ्कहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो । नोभेम्बर महिनामा चिनियाँ कारखानाको परिस्थिति मापन गर्ने पर्चेजिङ म्यानेजर्स.....
मेक्सिको सिटी : मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ । “आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय.....
ब्युनस आयर्स : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ.....
सोल : उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । उक्त रेलमार्गको निरीक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दिएको छ । आगामी शुक्रबारबाट शुरु हुने यो सीमा क्षेत्र रेलमार्गको निरीक्षण.....