समाचार


दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

११ पुष २०७५, बुधबार १०:४७

इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा आज मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी.....

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

११ पुष २०७५, बुधबार १०:४४

बाजुरा : बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताए । विपन्न.....

गहना चोरी गर्ने दशजना पक्राउ

गहना चोरी गर्ने दशजना पक्राउ

११ पुष २०७५, बुधबार १०:३७

काठमाडौँ : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनीषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई.....

सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

१० पुष २०७५, मंगलवार १६:४६

कारिता, इन्डोनेसिया : इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी.....

अझै नियन्त्रणमा आएन आगलागी

अझै नियन्त्रणमा आएन आगलागी

१० पुष २०७५, मंगलवार १५:५२

गोरखा : उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । ‘‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा.....

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो : अझै चिसो बढ्ने

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो : अझै चिसो बढ्ने

१० पुष २०७५, मंगलवार १४:०२

काठमाडौँ : राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम.....

दिनेशकुमार घिमिरे सचिवमा बढुवा, ऊर्जा मन्त्रालयमा पदस्थापन

दिनेशकुमार घिमिरे सचिवमा बढुवा, ऊर्जा मन्त्रालयमा पदस्थापन

१० पुष २०७५, मंगलवार १२:०१

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । मन्त्रालयमा सहसचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका घिमिरलेलाई सरकारले सचिवमा बढुवा गरेकोे मन्त्रालयले जनाएकाे छ । यसअघि सचिवमा अनुपकुमार उपाध्याय जिम्मेवारी सम्हाले पनि उनी विद्युत् नियम आयोगको अध्यक्षमा.....

‘पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने’

‘पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने’

१० पुष २०७५, मंगलवार ११:२७

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताएका छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश.....

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

१० पुष २०७५, मंगलवार ११:२२

बैतडी : अपरिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी.....

कुँवरको हत्यामा संलग्न सार्की जेल चलान

कुँवरको हत्यामा संलग्न सार्की जेल चलान

१० पुष २०७५, मंगलवार ११:१२

काठमाडाैं : गोंगबुस्थित स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ । मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा.....