समाचार


नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको अध्यक्षमा धरेल

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको अध्यक्षमा धरेल

२२ जेष्ठ २०७६, बुधबार १६:५९

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको पाँचौँ वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । साहसिक तथा पर्यटकीय खेल प्रवर्धन गर्ने मूल नाराका साथ ९ वर्षअघि स्थापना भएको सो संस्था नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील छ । पाँचौ वार्षिक साधारण सभाबाट हरि धरेल अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै.....

बालाजु बाइसधारामा आकर्षण बढ्दो

बालाजु बाइसधारामा आकर्षण बढ्दो

२२ जेष्ठ २०७६, बुधबार १६:३९

काठमाडौँ । कति दिनपछि आज मैले बालाजी देख्याँ,  पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ  । वरिपरि लहरामा भुलिबस्न्या चरा छन्,  मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ।। (आदिकवि भानुभक्त आचार्य) पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम.....

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण

२२ जेष्ठ २०७६, बुधबार १६:०२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिएका छन् । प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी सो अभियान आरम्भ गरेका.....

सडक विस्तारका लागि रुख काटियो

सडक विस्तारका लागि रुख काटियो

२२ जेष्ठ २०७६, बुधबार १५:५६

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि अगाडि सारेको तीन महिने कार्ययोजनाअन्तर्गत करिडोर निर्माण कार्यलाई तीव्रता दिएको हो । करिडोर निर्माणका क्रममा महाशाखाले आज.....

खैरो हेरोइनसहित एक पक्राउ

खैरो हेरोइनसहित एक पक्राउ

२२ जेष्ठ २०७६, बुधबार १५:५०

हेटौँडा । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाैंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको.....

पोखरा–याङ्जाकोट सडक पक्की हुँदै

पोखरा–याङ्जाकोट सडक पक्की हुँदै

२२ जेष्ठ २०७६, बुधबार १५:०६

पोखरा । कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो । क्रमागतरुपमा.....

स्याउमा सिँचाइ अभावले उत्पादनमा ह्रास

स्याउमा सिँचाइ अभावले उत्पादनमा ह्रास

२२ जेष्ठ २०७६, बुधबार १४:५९

सिञ्जा । सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् । स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्त्वपूर्ण.....

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

२२ जेष्ठ २०७६, बुधबार १४:४८

काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतीक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालिम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा.....

युवा वैज्ञानिक सम्मेलन सुरु

युवा वैज्ञानिक सम्मेलन सुरु

२२ जेष्ठ २०७६, बुधबार १४:४४

काठमाडौँ । विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको.....

हुवावेको एन्ड्रोएडमा अमेरिकी प्रतिबन्धपछि विकल्पमा नयाँ ओएस

हुवावेको एन्ड्रोएडमा अमेरिकी प्रतिबन्धपछि विकल्पमा नयाँ ओएस

२२ जेष्ठ २०७६, बुधबार १३:२३

एजेन्सी । गत महिना अमेरिकी प्रतिबन्धका कारण चिनियाँ टेक तथा स्मार्टफोन निर्माणकर्ता कम्पनी हुवावेले ठूलो समस्या भोग्नुपर्यो । प्रतिबन्धका कारण हुवावेले एन्ड्रोएड, विन्डो जस्ता ओपरेटिङ सिस्टमको पहुँच गुमाउनुका साथै एआरएम लाइसेन्स पनि गुमायो । यद्यपी यी प्रतिबन्धहरुले कम्पनीको स्मार्टफोन निर्माण.....