बागलुङ । पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण.....
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक.....
रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै.....
रोल्पा । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी थिइन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी.....
रामपुर । पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकाका अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सदरमुकाम तानसेनदेखि करीब ७० किलोमिटर पूर्व विकट भेगमा रहेको निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेका सरस्वती.....
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको व्रत तोड्ने दिन अर्थात् ईद–उल–फित्र बुधबार देशभर मनाइँदै छ। नेपाली मुसलमानहरूले एक आपसमा शुभकामना साटासाट गर्ने राम्रो लगाउने र मीठो भोजन गरेर यो चाड मनाउने गर्छन्। काठमाडौंस्थित कश्मिरी जामे मस्जिदका धर्मगुरू मोहम्मद फजीर आलम कादरीका अनुसार.....
एजेन्सी । बोइङले विश्वभरका ३०० भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ। विङ्ग स्लट्सले उडान र अवतरणका बेला जहाजको गतिलाई व्यवस्थापन गर्ने काम गर्छ। अमेरिकी उड्डयन नियामकले प्रभावित भागहरू असफल हुन वा चर्कन सक्ने बताएको छ। संघीय उड्डययन प्रशासनिक प्राधिकरण.....
दमौली । केन्द्रीय सरकारले तनहुँका नौ पर्यटकीय क्षेत्रलाई तीन करोड ५८ लाख बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ का विभिन्न पर्यटकीय योजनालाई उक्त बजेट विनियोजन भएको हो । आगामी आर्थिक वर्षमा खर्च हुने गरी व्यास.....
दमौली । क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उनलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित एक लाख १८ हजार २०० सोही वडाका.....
परासी । प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३.....