युनिभर्सल एजेन्सी र ग्रिनलाइन इन्टरनेसनल प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री सप सञ्चालन गरेवापत ८ करोड ८ लाख बक्यौता नतिरी सम्पर्क बाहिर भएका छन् । विमानस्थलमा टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ सञ्चालित ड्युटी फ्री सपमध्ये युनिभर्सल सप्लाई एजेन्सीको ६ करोड ७१ लाख २४ हजार.....
दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये.....
म्याग्दीकाे रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुईटा भवन, एउटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी.....
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले आज बिहान नेपालगञ्जबाट बरामद गरेको छ । प्रदेश ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको हो । बरामद गरिएको चल्ला प्रहरीले पशु क्वारेण्टाइन.....
नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन् । जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठूला भवनसँगै भौतिक पूर्वाधारका.....
डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख.....
म्याग्दीकाे सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ । प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको.....
बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को.....
म्याग्दीको रितुङ पुस्तकालयका लागि अमेरिकाबाट आङजम्बु शेर्पाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । रघुगङ्गा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि उदयपुर घर भएका शेर्पाले सो रकम सहयोग गरेका हुन् । सदरमुकाम बेनीदेखि एकदिनको यात्रापछि पुगिने कुईने मँगलेस्थित दुलेखर्कमा.....
आगामी असोज ४ देखि ७ गतेसम्म नेपाल कृषि प्रसार समाजको अन्र्तराष्ट्रिय गोष्ठी काठमाडौंमा हुने भएको छ । सात देशका कृषि प्रसार विज्ञहरु सम्मिलित उक्त गोष्ठीले कृषि क्षेत्रको प्रसार, किसानको आम्दानी बृद्धिका स्रोत र आपसी सहयोगका विषयमा छलफल गर्ने छ । बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत, पाकिस्तान, माल्दिभ्स.....