युनिभर्सल एजेन्सी र ग्रिनलाइनले विमानस्थल ड्युटी फ्री सपको ८ करोड बक्यौता रकम तिरेनन्

विमानस्थलमा टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ सञ्चालित ड्युटी फ्री सपमध्ये युनिभर्सल सप्लाई एजेन्सीको ६ करोड ७१ लाख २४ हजार ७७ रुपैयाँ र ग्रिनलाइन इन्टरनेसनल प्रालि १ करोड ३७ लाख २२ हजार ९२८ रुपैयाँ गरी ८ करोड ८ लाख ४७ हजार ५ रुपैयाँ कम्पनीले नतिरी सम्पर्क बाहिर हुँदा विमानस्थल कार्यालयले दुवै कम्पनीका सञ्चालक प्रमोद शम्शेर जबराको नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

युनिभर्सल एजेन्सी र ग्रिनलाइन इन्टरनेसनल प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री सप सञ्चालन गरेवापत ८ करोड ८ लाख बक्यौता नतिरी सम्पर्क बाहिर भएका छन् ।

विमानस्थलमा टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ सञ्चालित ड्युटी फ्री सपमध्ये युनिभर्सल सप्लाई एजेन्सीको ६ करोड ७१ लाख २४ हजार ७७ रुपैयाँ र ग्रिनलाइन इन्टरनेसनल प्रालि १ करोड ३७ लाख २२ हजार ९२८ रुपैयाँ गरी ८ करोड ८ लाख ४७ हजार ५ रुपैयाँ कम्पनीले नतिरी सम्पर्क बाहिर हुँदा विमानस्थल कार्यालयले दुवै कम्पनीका सञ्चालक प्रमोद शम्शेर जबराको नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

दुवै कम्पनीले २०७५ जेठ १४ सम्मको बाँकी बक्यौता रकम तिरेका छैनन् । रकम भुक्तानीका लागि २०७५ जेठ २९ गते जबराको घरमा हुलाकमार्फत् पत्राचार गरिएको र उक्त ठेगानामा सम्पर्क हुन नसकी पत्र फिर्ता भएकाले सार्वजनिक सूचना प्रकाशन गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका महाप्रन्धक राजकुमार क्षेत्रीले पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम उठ्न नसकेको बताए । सार्वजनिक सूचनालाई पनि बेवास्ता गरेमा नियमानुसार असुल उपर गरिन्छ, उनले भने ।

यता युनिभर्सल एजेन्सी र ग्रिनलाइन इन्टरनेसनल प्रालिले भने विमानस्थललाई तिर्नुपर्ने रकम मिनाहाको लागि भन्दै अदालतमा मुद्दा हालेका छन् । सोसम्बन्धी सुनुवाइ नहुँदा कम्पनी र सञ्चालक सम्पर्क बाहिर भई बक्यौता रकम उठ्न सकेको छैन ।