आईएमई लिमिटेड र बोता मःमबीच आईएमईका प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई बोता मःममा १५ प्रतिशत विशेष छुट दिने सम्झौता भएको छ । काठमाडौंमा चार, ललितपुरमा एक र भक्तपुरमा खुल्न लागेको एकसहित कुल छ ओटा आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागू हुनेछ । यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आइएमई.....
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘ऊर्जा नदी’मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच अाेटा जलविद्युत् आयोजना निर्माणको.....
निर्माणाधीन १सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न कार्यक्रमका नाममा विदेश भ्रमणमा जाने कर्मचारीमाथि कडाइ गर्ने भएको छ । पछिल्लो समय मन्त्रालय मातहतका धेरै कर्मचारीहरु एयरलाइन्स, गैरसरकारी संस्था तथा विभिन्न तालिमको नाममा विदेश भ्रमणमा गइरहेका बेला मन्त्रालयले कडाइ गर्न लागेको हो । मन्त्रालयका.....
गोरखा जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्य रुपमा नक्कली.....
गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, ल्याब सेवालगायत अन्य सेवासमेत प्रभावित भएका छन् । लामो समयदेखि विद्युत् सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । दैनिक एक्सरेका लागि.....
कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् । गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् । म्याग्दी र र मुस्ताङको उपल्लो.....
पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती.....
बाजुराकाे बूढीगङ्गा नगरपालिका–१, २ र ३ का ५५० परिवार करीब एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा जडान गरिएको मनागाड लघुजलविद्युत् आयोजना दोस्रोको नहर पहिराले बगाएपछि विद्युत् अवरुद्ध भएको छ । मनागाडमा निर्माण गरिएको विद्युत्को नहरसहित विद्युत्गृह र स्टिलका ५० खम्बासमेत पहिराले बगाएर.....
उदयपुर जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको.....