समाचार


कृषि मन्त्री खनालको ६ महिने प्रगतिः महत्वाकांक्षी योजना, प्रगति न्युन

कृषि मन्त्री खनालको ६ महिने प्रगतिः महत्वाकांक्षी योजना, प्रगति न्युन

२ आश्विन २०७५, मंगलवार १८:२२

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले केही महत्वाकांक्षी योजना र न्युन प्रगति हासिल गर्दै आफ्नो ६ महिने कार्यकाल विताएका छन । मन्त्री भएर आएपछि २०७५ बैशाख २३ गते अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना सहितको ५८ बुँदे कृषि क्षेत्रको रुपान्तरण मार्गचित्र जारी गरे । उक्त मार्गचित्रले लिएका लक्ष्य,.....

बालुवा खानी पुनः सञ्चालन हुने

बालुवा खानी पुनः सञ्चालन हुने

२ आश्विन २०७५, मंगलवार १२:०१

भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै.....

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच फोनमा एस्योरेन्स सेवा  प्रदान गर्ने सम्झौता

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने सम्झौता

१ आश्विन २०७५, सोमबार १६:००

ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिन सहकार्य भएको छ । ईजी एस्योरेन्सका अध्यक्ष सञ्जित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको.....

अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छ : प्रम

अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छ : प्रम

१ आश्विन २०७५, सोमबार १४:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित.....

निर्माण व्यवसायी सङ्घमा अधिकारी

निर्माण व्यवसायी सङ्घमा अधिकारी

१ आश्विन २०७५, सोमबार १४:३१

नुवाकोट निर्माण व्यवसायी सङ्घको आठाैं अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गरे । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा.....

कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

१ आश्विन २०७५, सोमबार १३:४४

प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । आज यहाँ लाग्ने.....

नमुना रिफ्रेस सेन्टर निर्माण

नमुना रिफ्रेस सेन्टर निर्माण

१ आश्विन २०७५, सोमबार १२:३७

सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमुना रिफ्रेस सेन्टर निर्माण गरिएको छ । नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो । पौने दुई बिगाहा जग्गामा फैलिएको.....

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

१ आश्विन २०७५, सोमबार १२:२८

पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो । पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर.....

जेलबाट दर्जनौं कैदी फरार

जेलबाट दर्जनौं कैदी फरार

३१ भाद्र २०७५, आईतवार १७:०१

म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् । आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका.....

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

३१ भाद्र २०७५, आईतवार १६:३३

‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याउने गर्छ । प्राकृतिक रुपमा मनोरम बेनी बजार पछिल्लो समय भने प्राकृतिक विपद्बाट आक्रान्त बन्न थालेको छ । केही वर्ष अगाडि.....