सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । सो आरक्ष क्षेत्रबाट.....
नेपाल विद्यार्थी सङ्घले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति.....
झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई.....
भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो.....
घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको.....
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा बाेल्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त.....
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य.....
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२औँ.....
जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु. ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् । स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली.....
गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन् । ८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति, समसामयिक विषय समेटिएका छन्.....