भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार रूपैयाँ फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास.....
नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ । समाजका अध्यक्ष कविराज पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत.....
नेपाल विद्याथी सङ्घले नेपाल टेलिकमको प्रिपेड सिमकार्ड वितरणमा त्रुटि रहेको भन्दै टेलिकमलाई ध्यानाकर्षण गराएको छ । नेविसङ्घका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बुधबार टेलिकम पुगेका विद्यार्थीले टेलिकमले सेवा दुरुपयोग भएकोमा त्रुटि देखाएको हो । सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले गत चार.....
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो । यही वैशाख १५ गतेदेखि आयोजना गरिने तीनदिने महोत्सवबाट विहावर क्षेत्रको पर्यटनको विकासमा टेवा पुग्ने.....
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् । बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त.....
म्याग्दीकाे जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुङ्गाखानीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रुपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुङ्गाखानीलाई कानुनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न.....
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् । दैनिक हजाराैं सवारी साधन आवागमन गर्ने.....
संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्रसंघमा सोमबार भएको ध्वनिमतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वाचित भएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । यसअघि एशिया प्रसान्त क्षेत्रका छ वटा.....
बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कुल ३२ करोड २५ लाख रूपैयाँमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा.....
उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा.....