हामी उठ्दै छौं, सोलुखुम्बुका भूकम्पपीडितको फोटो कथा

भूकम्पपछि बढेको पुनर्निर्माणका कारण गाउँसहरमा अहिले कामदार नपाएपछि उनीहरु छिमेकीछिमेकीबीच आलोपालो प्रणालीमा घर निर्माणमा जुट्ने गरेका छन् ।

भूकम्पमा घर क्षतिग्रस्त बनेपछि लामो समयसम्म टहरोमै बिताउन बाध्य सोलुखुम्बुका बासिन्दाले पुनर्निर्माणको कामलाई तीव्रता दिएका छन् ।

भूकम्पपछि बढेको पुनर्निर्माणका कारण गाउँसहरमा अहिले कामदार नपाएपछि उनीहरु छिमेकीछिमेकीबीच आलोपालो प्रणालीमा घर निर्माणमा जुट्ने गरेका छन् । ‘अहिले घर बनाउन कामदार अभाव छ,’ स्थानीयले भने, ‘त्यसैले पैंचो लगाएर घर बनाउन थालेका छौं ।’ सरकारले पहिलो किस्ताको रकम दिएपछि उनीहरुले घर निर्माणलाई तीव्रता दिएका हुन् ।

‘बल्ल त अनुदानको पहिलो किस्ता पाएका छौं’, उनीहरुले एक स्वर गरे, ‘हाम्रा घर उठ्दै छन्, हामी पनि बल्ल भूकम्पबाट उठेजस्तो लागेको छ ।’