हिउँको माथि माथि

अन्नपूर्ण राउन्ड सर्किटलाई एक फन्को लगाउँदा संसार नै घुमेजस्तो महसुस हुन्छ । यसै कारणले पनि नेपालकै प्रमुख पर्यटकीय पदमार्गका रुपमा चर्चित यो सर्किटमा हरेक वर्ष विदेशी तथा स्वेदशी पर्यटकको चाप बढ्दै गएको छ ।

नेपाल आउने पर्यटकले घुम्ने सूचीमा नछुटाउने क्षेत्र हो— अन्नपूर्ण बेसक्याम्प । घान्द्रक र लमजुङ क्षेत्रबाट पदमार्ग हुँदै घुम्न सकिने अन्नपूर्ण क्षेत्रका वरिपरिका गाउँ, रहनसहन र संस्कृतिले यहाँको यात्रालाई जीवन्त बनाउँछन् । पदमार्गमा यात्रा गरिरहँदा हिमालहरु सँगसँगै हुन्छन्— कहिले दायाँ, कहिले बायाँ ।

अन्नपूर्ण राउन्ड सर्किटलाई एक फन्को लगाउँदा संसार नै घुमेजस्तो महसुस हुन्छ । यसै कारणले पनि नेपालकै प्रमुख पर्यटकीय पदमार्गका रुपमा चर्चित यो सर्किटमा हरेक वर्ष विदेशी तथा स्वेदशी पर्यटकको चाप बढ्दै गएको छ ।

पदमार्गबाट घान्द्रुक, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेस क्याम्पलगायत मुस्ताङको जोमसोमका साथै उपल्लो मुस्ताङ पुग्न सकिन्छ । लमजुङबाट मनाङ, माथिल्लो मनाङ, थोराङ्लापास गर्दै मुस्ताङ पुगेर बेनीबाट पोखरा आउन पनि सकिन्छ ।

लमजुङ हुँदै मनाङ कटेर मुस्ताङबाट बेनी झरेको यात्रा थियो, यो । यात्रामा आँखैअघि देखिने भीमकाय हिमालहरुसँग साइनो लगाउन पाइन्छ । माछापुच्छ, अन्नपूर्ण हिमालदेखि यात्राका क्रममा पर्ने गुरूङ बस्तीले पनि हिँडाइको थकान भुलाइदिन्छन् । र, स्वर्गीय अनुभूति दिलाउँछन् ।