तेल चोर्न नपाएपछि हड्तालमा उत्रिए चालक, उपभोक्ता मर्कामा

चालकले थानकोटबाट पेट्रोलियम पदार्थ नउठाएपछि काठमाडौंको पेट्रोल पम्पमा लाइन देखिएको छ । सरकारी पेट्रोप पम्पबाहेक अन्य पम्पबाट तेल वितरण हुन नसक्दा उपभोक्ता मर्कामा परेको निगमले जनाएको छ ।

नेपाल आयल निगमले ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम राखेपछि तेल चोर्न नपाएका चालकले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । चालकले मनलाग्दी रुपमा तेल चोरी गर्ने गरेपछि निगमले देशभरका सम्पूर्ण ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेको थियो । त्यसको विरोध गर्दै ट्याङ्कर चालकले तेल आपूर्ति ठप्प बनाएको निगम स्रोतले बताएको छ ।

ट्याङ्कर चालकले भारतीय प्रहरीले आपूmहरुमाथि हातपात गरेको निहुँ बनाएर तेल नउठाएको बताए पनि तेल चोर्न नपाएको रिसमा पेट्रोलियम पदार्थ नउठाएको निगम स्रोतले बताएको छ ।

निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भारतीय प्रहरीबाट भएको घटना मिलिसक्दा पनि ट्याङ्कर चालकले तेल नउठाउनु भनेको घुमाउरो पारामा लकिङ सिस्टमको विरोधमा उत्रिएको बताए । ‘भारतीय पक्षबाट भएको घटना निगम तथा मन्त्रालयले मिलाइसकेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘तर, अझै पनि चालकले प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठाउने बताएका छन् । यदि उनीहरुको ज्यादती बढ्दै जाने र तेल नउठाउने हो भने सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्छ ।’

भारतीय सुरक्षाबलले क्युमा आउन गरेको आग्रहलाई बेवास्ता गर्दैै अघि बढेपछि भारतीय प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरु क्यूमा गएको भए, यस्तो समस्या नआउने भट्टराईले जानकारी दिए ।

निगमका अनुसार ट्याङकर चालकले घुमाउरो तरिकाले लकिङ सिस्टमको विरोध गर्दै आएका थिए । आज भारतीय प्रहरीले कुटपिट गरेको बहाना देखाएर पेट्रोलियम पदार्थ ठप्प पार्ने गरी अघि बढेको निगमले जनाएको छ ।

दैनिक रुपमा तेल चोरेर लाखौं रुपैयाँ कमाउँदै आएका चालकको त्यो कमाइ निगमले लकिङ सिस्टम राखेसँगै बन्द भएको थियो । ‘तर, त्यसको खुलेर विरोध गर्न सकेका थिएनन्,’ भट्टराईले भने, ‘अहिले बहाना बनाएर हडतालमा उत्रिएका छन् । यदि उनीहरुले यो आन्दोलन तत्काल फिर्ता लिएनन्, भने सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।’

चालकले थानकोटबाट पेट्रोलियम पदार्थ नउठाएपछि काठमाडौंको पेट्रोल पम्पमा लाइन देखिएको छ । सरकारी पेट्रोप पम्पबाहेक अन्य पम्पबाट तेल वितरण हुन नसक्दा उपभोक्ता मर्कामा परेको निगमले जनाएको छ ।