खेतानकाे यात्रा

दुई दर्जनभन्दा बढी देशका मायाका चिनो राखेकाले यो १ हजार ४ सय स्क्वायर फिटको कोठा नै संसारजस्तो लाग्छ, अझै सानो भएजस्तो अनुभूत हुन्छ । सामानमात्र होइन, खेतानका लागि यो कोठामा छन्, उनका आदर्शहरु पनि । वास्तवमा यी फ्रेमलाई खेतानले कति महङ्खव दिएका छन् भने उनको कुर्चीबाट सीधै फ्रेमभित्रका अनुहारमा आँखा परिहाल्छ । ती फ्रेममा आटएका छन् संसारकै आदर्शहरु– नेल्सन मन्डेला, महात्मा गान्धी, बब मार्ली, माइकल ज्याक्सन अनि ज्याकी चान ।

एउटा व्यस्त कोठा छ, चहलपहल देखिइरहने त्यो कोठा कुनै ठूलो कम्पनीको ‘प्लानिङ’ रुम हो भन्दा झट्ट विश्वास कसलाई हुन्छ र !
ढोकाबाट भित्र छिर्नेबित्तिकै एक ठाउँमा टक्क आँखा अडाउनै नसकिने । किनकि, त्यो कोठामा एउटा संसार नै अटेको छ । त्यही संसार अटाएको कोठाबाट नेपालका ठूला घरानामध्ये एक खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान दर्जनभन्दा बढी कम्पनी ‘मनिटरिङ’ गर्छन् ।


हात्तीसारस्थित लक्ष्मी कर्पको छैटौँ तलामा सानो करिडोर हुँदै पुगिने यो कोठाको इन्टेरियरले त्यहाँ पुग्ने जोकसैलाई पनि अचम्भित तुल्याउँछ । झन् अचम्ममा त त्यतिबेला परिन्छ, जब खेतान ग्रुपका अध्यक्ष काम गरिरहँदा त्यही कोठाको बाटो हुँदै यताउता गरिरहन्छन्, अफिसका कर्मचारी । अधिकृत लेभलका कर्मचारी हुन् या कार्यालयकी सहयोगी, सुरक्षाका लागि खटाइएका गार्ड हुन् या अरु कोही, सबैको पैतालाको आवाज खेतानको कुर्सीबाट सुन्न सकिन्छ, उनीहरुको चहलपहल त्यहाँबाट देख्न सकिन्छ । तर, खेतानलाई कुनै डिस्टर्ब हुँदैन, उनी काममा बाधा पुगेको ठान्दै ठान्दैनन् । उल्टो उनलाई यसमा विशिष्ट किसिमको आनन्द महसुस हुन्छ ।


आनन्द त खेतानलाई यो चहलपहलले मात्र होइन, त्यहाँको भित्ताले पनि त्यही आनन्द दिन्छ । नदिओस् पनि किन लिटरल्ली भन्नुपर्दा खेतानको कोठामा पुग्दा भित्ता देखिँदैन । त्यहाँ उनले आफूले गएका ठाउँहरुबाट ल्याएका ‘मायाको चिनो’ टाँसेर राखेका छन्, जसलाई हेर्दा मात्रै पनि विश्वयात्रामा निस्केको यात्रीजस्तो अनुभूत हुन सक्छ ।
त्यति मात्र होइन, कोठामा पुग्दा खेतानले ‘ओल्डलाई गोल्ड’ मानेको पनि प्रस्टिन्छ । किनकि, उनको कोठामा छन्– पुरानो मर्फी रेडियो, उनका हजुरबुबाले प्रयोग गरेको टेलिफोन सेट, पुरानै यासिका क्यामेरा !


यस्तो लाग्छ, मानाँै त्यहाँ पुगेपछि यी ‘गोल्डन ओल्ड’लाई एकपटक स्पर्श गर्नुपर्छ । हो, खेतानलाई पनि त्यस्तै हुन्छ । उनलाई विगतका यादहरुले मुटुसम्मै स्पर्श गर्छन् । अनि नोस्टाल्जिक हुन्छन्, खेतान । कोठामा भएको टेलिफोन सेटनजिकै पुगेर खेतान टक्क अडिन्छन्, सायद यादहरुसँग भलाकुसारी गर्छन् अनि भन्छन्, ‘यो सेटको नम्बर मलाई अझै पनि याद छ ।’ सासै नफेरि खेतानले भने– १११५८ । अनि मुसुक्क हाँसे ।


यो खेतान परिवारका लागि विशेष महङ्खवको फोन हो । त्यतिबेला खेतान परिवारको घर र अफिस एउटै भवनमा थियो । कुनै सूचना टिपाउन होस् या लिन, परिवार र अफिस दुवै यही फोनको भर पर्थे ।
‘त्यतिबेला एक्सटेन्सनको त कुरै छाडौँ, टेलिफोन लाइन नै पनि बल्लबल्ल पाइन्थ्यो,’ विगततिर फेरि फर्किए खेतान, ‘त्यसैले मलाई यो सम्झना छ, यादगर छ ।’ हो, खेतानले यो विशेष फोन सेटलाई त्यही महङ्खवका साथ राखेका छन्, जसरी हामीलाई महङ्खव हुन्छ, हाम्रै बाल्यकालको, हाम्रै युवा समयको– बहुमूल्य ।
त्यस्तै महङ्खवका साथ छन्, खेतानले न्युरोड, भक्तपुर, तिब्बत, युरोप, गल्फका मुलुकहरुबाट ल्याएको ‘टोकन अफ लभ’ । दुई दर्जनभन्दा बढी देशका मायाका चिनो राखेकाले यो १ हजार ४ सय स्क्वायर फिटको कोठा नै संसारजस्तो लाग्छ, अझै सानो भएजस्तो अनुभूत हुन्छ ।
सामानमात्र होइन, खेतानका लागि यो कोठामा छन्, उनका आदर्शहरु पनि । वास्तवमा यी फ्रेमलाई खेतानले कति महङ्खव दिएका छन् भने उनको कुर्चीबाट सीधै फ्रेमभित्रका अनुहारमा आँखा परिहाल्छ । ती फ्रेममा आटएका छन् संसारकै आदर्शहरु– नेल्सन मन्डेला, महात्मा गान्धी, बब मार्ली, माइकल ज्याक्सन अनि ज्याकी चान ।

‘उहाँहरुको एकअर्कासँग कम्पिटिसन भन्ने हुँदैन, गर्न पनि सक्दैन,’ उनी यसको कारण बताउँछन्, ‘आफ्नो समयमा आफ्नो काममा सुप्रिम भएका उनीहरु वास्तवमै आदर्श हुन् ।’
यस्तै ‘युनिभर्सल’ सोचबाट ‘गाइडेड’ छन् खेतान । फरक सोचको उपज हुन सक्छ, उनको अफिसको डेकोरेसन मात्र होइन, परिकल्पना नै फरक छ ।
‘म युवा हुँदा नै यस्तो अफिसको परिकल्पना गरेको थिएँ,’ कुराकानी गर्दा धेरै सिरियस मुडमा हुने खेतान यसपटक मुस्कुराए, ‘त्यसो त ४७ वर्षको हुँदैमा बूढो भएँ भनेको होइन ।’ अनि उनले राजनीतिलाई पनि थोरै जोडिहाले, ‘राजनीतिमा त यो उमेर युवानेता हुने उमेर नै हो नि ।’
जसरी कुरा गर्दा आफूलाई थाहा भएको विषयमा खेतान खुल्छन्, त्यस्तै अफिस भनेको खुला हुनुपर्ने उनको मान्यता छ । ‘अफिस भनेको काम गर्ने ठाउँ हो,’ उनको बुझाइ छ, ‘त्यसैले अफिसमा गोप्य भन्ने केही कुरा हुनुहुँदैन ।’
उनी थप्छन्, ‘मानव सम्बन्ध राम्रो हुनुपर्छ, काम गर्ने बेलामा इगो राख्नु पटक्कै हुँदैन, जुनियर र सिनियर कर्मचारी भनेर भेदभाव गरिएन भने अफिसको वातावरण जहिले पनि सहज हुन्छ ।’


खेतानलाई वर्किङ कल्चरको यस्तो प्रत्याभूति अन्तर्राष्ट्रिय ब्रान्डहरु कोकाकोला, काल्र्सबर्ग, हबिब बैङ्कसँग गरेका सहकार्यले सुझाएको हो । ती कम्पनीमा जस्तो हुन्थ्यो, खेतानलाई त्यसलाई अझ परिष्कृत गरेर आफ्नो अफिसमा भिœयाए । वल्र्ड बैङ्कका दुइटा इभेन्टमा समेत काम गरेका उनले त्यहाँको ‘एक्सपरियन्स’लाई पनि आफ्नो अफिसमा लागू गरेका छन् ।


र, खेतान जसरी अन्तर्राष्ट्रिय कल्चरलाई प्राथमिकता दिन्छन्, त्यति नै सेन्सेटिभ भएर लिन्छन् आफ्ना मिटिङहरुलाई । दर्जन कम्पनीलाई ह्यान्डल गरिरहेका खेतानलाई मिटिङको सेन्सेटिभनेस राम्रोसँग थाहा छ, त्यसलाई उनी व्यवहारमै उतार्छन् । त्यसैले पनि हुनुपर्छ, यही कुराकानी गर्न तय भएको हाम्रो समयमा उनी हामीलाई रिसिभ गर्न बाहिर लबीसम्मै आइपुगेका थिए ।
‘किनकि मिटिङ अत्यन्त महङ्खवपूर्ण कुरा हो । बहसलाई कता लैजाने, के कुरा उठाउने भन्ने र कसरी प्रस्तुत हुने विषयले अफिसलाई पोजिटिभ वेमा अगाडि लैजान्छ, अफिस राम्रोसँग चल्न सक्छ,’ उनीसँग यसको कारण छ, ‘बस्ने थलो, चियाको माहोल, बैठकअघि लिन जाने, सकिएपछि छोड्न जाने कल्चर भनेको सम्मानभाव पनि हो ।’
सायद, खेतानले यही कल्चरलाई निरन्तरता दिएकाले हो– खेतान ग्रुपअन्तर्गतका कम्पनीमा कर्मचारी निकै लामो समय अडिन्छन् । स्टाफलाई प्रोत्साहन गर्ने तरिका र अफिस वातावरण बुझेका खेतान भन्छन्, ‘तीन पुस्तादेखि हेर्दा हामी यही हिसाबले अगाडि बढेका छौँ । हामीकहाँ काम गर्ने अधिकांशले छोडेर जानुहुन्न । यहीँबाट रिटायर्ड भएर जानेहरु नै धेरै हुनुहुन्छ ।’
कुराकानी हुँदै गर्दा खेतान वरपर हेरिरहेका थिए । म पनि उनीसँगको कुराकानीबाट समय चोर्दै आँखाहरु भित्तातिर कुदाइरहेको थिएँ । यही समयमा स्वाभाविक प्रश्न जन्मियो– अफिस पुग्दा सबैभन्दा पहिले खेतान केलाई हेर्छन् होला, उनका आँखा सबैभन्दा पहिले केमा पुग्छन् होला ?
‘बत्तीमा,’ खेतानले फ्याट्टै भने ।
त्यसपछि उनी खुले, ‘रुमभित्र ठाउँठाउँमा देवीदेवताका फोटा र मूर्ति पनि छन् । आँखाले अनायासै शिव, गणेश, हनुमानलाई खोज्छन् ।’ देवीदेवताको सम्मानपछि खेतानका आँखा उज्यालोको खोजीमा लम्किन्छन् । उनी थप्छन्, ‘त्यसपछि ल्यान्डटम (बत्ती बाल्ने दियो)ले आकर्षित गर्छ । त्यसको प्रकाश हेरेर उज्यालो सोच्छु । अँध्यारोमा प्रकाश सोच्नु भनेको सधैँ उज्यालो देख्नु हो ।’
त्यो उज्यालोमा खेतान क्लासिक सामानहरुसँग भलाकुसारी गर्छन्, जुन उनको कोठामा छरिएका छन् । पहिलोपटक कोठामा पुग्नेले त खेतानको अफिस र महङ्खवपूर्ण म्युजियमबीच सायदै कुनै फरक भेट्ला । बेलायती दरबारसँग सम्बिन्धत पुराना सामान हुन् या बेलायतको ह्यान्टम कोर्टमा नेपाली गोरखाहरुको सम्झनाका मिश्रित चिनारी हुन्, सबैलाई खेतान अफिस पुगेको दिन एक ‘नजर’ लगाउँछन् । यीसबै सँगै छ– सय वर्षभन्दा पुरानो अस्ट्रेलियन ट्रम्पेट बाजा पनि, जसलाई निकै कलात्मक ढङ्गमा उनले सजाएर राखेका छन् ।
यस्ता सामान हेर्दाहेर्दै म्युजियमको छनक आउने उनको अफिस यतिमै सीमित छैन । अर्को एक छेउ हेर्दा लाग्छ, खेतानको अफिस धार्मिक स्थल पनि हो । कुनाकुनामा देवीदेवताका ससाना मूर्ति र पोस्टरमाथि जुन प्रकाशको व्यवस्था उनले गरेका छन्, त्यसले झनै कोठालाई सुन्दर बनाएको छ । यही सौन्दर्यबीच कोठामा ठाउँठाउँमा तासको बादशाह पनि छ ।
र, एउटा सानो संसारजस्तै लाग्ने यही कोठामा छ, अर्को संसार पनि, अर्थात् ग्लोब । ग्लोबअगाडि पुगेर खेतान अडिए र भने, ‘यो सबै राशि भएको ग्लोब हो, यो ग्लोब सबै एङ्गलबाट अध्ययन गर्न सकिन्छ ।’


त्यसपछि उनले त्यहाँका सामानहरुको परिचय दिँदै भने– यो बेल्जियमको, यो मौरिससको, यो फ्रान्सको अनि यो दुबईको । लगातार नामहरु लिँदै गए उनी अन्य देश र सहरका । र चिनाउँदै गए– बेलायतको पहिलो मुलुकी ऐनको अक्षर म्याग्नाकाटा, इजरायलको ढुङ्गा, ब्रिटिस मोनार्कीको लोगो, विश्वको ठूलो डिपार्टमेन्ट स्टोर ह्यारोस्टको सेफजस्तो साँचोले खोल्न मिल्ने चकलेटको बट्टा, न्युयोर्कको टाइम स्क्वायर र पुरानो पेन्टिङ । यी सबै कुराको विस्तृत अध्ययन गर्न त केही समयले पुग्दैन, लामै समय चाहिन्छ ।
किनकि, यही कोठामा छ– चाइनिज कर्नर पनि, जुन कर्नरमा अटाएका छन् चिनियाँ सजावटका सामान । अर्को कर्नर छ– तिब्बतियन कर्नर । जहाँ पूरै तिब्बतियन संस्कृतिको झल्को स्पर्श गर्न पाइन्छ ।
कोठामै अटाएको छ, स्कटल्यान्डको क्याफेजस्तो इन्टेरियरमा भक्तपुरमा बनाइने घरका पिलर पनि । अनि यी सबै सामानसँगै छन्, न्युरोडमा पाइने सपिङ ब्याग पनि ।
‘विदेश जाँदा त्यहाँको मौलिकता के हो भनेर सामान ल्याउने गर्छु अनि त्यसलाई कोठामा सजाउँछु । सामान हेरेर त्यो ठाउँमा फिट हुन्छ भनेर सोचेर लिन्छु,’ उनी भन्छन् ।
यसरी बटुलेका सामानमात्र होइन, अफिसमा खेतान आबद्ध भएका सबै कम्पनीका लोगो छन् । लक्ष्मी बैङ्क, कोकाकोला, काल्सबर्ग, टुबोर्ग, मायोज, प्राइम लाइफ इन्सुरेन्स, एभरेस्ट इन्सुरेन्स, रेडबुल आदिका ।
‘यी कम्पनीमा सम्बद्ध व्यक्ति जोकोही पनि यहाँ आउँदा आफ्नोपन महसुस होस् भन्ने हो । अझ बढी आत्मीयता बढाउन पनि हो,’ उनी भन्छन्, ‘यो अफिसका मान्छेलाई कुनै पनि बेला यहाँ आउन रोकावट छैन र समय लिइराख्नु पनि पर्दैन ।’ किनकि, उनले बुबासँगै सिकेका छन्, ‘घनिष्टता, आत्मीयता र सम्मान ।’
खेतानका बाबु मोहनगोपाल, जसले चिनीको व्यापारबाट सुरु गरेर म्युचुअल ट्रेडिङ कम्पनी हुँदै कर्पाेरेट व्यवसायमा पाइला राखे । त्यही कर्पाेरेट व्यवसायको विरासत राजेन्द्र खेतानले थामेका छन् ।
संयोग, खेतानसँगको यो कुराकानी ‘फादर्स डे’कै दिन भएको थियो ।


‘उहाँसँग तीन कुरा सिकेँ– पहिलो, चेनअफ कमान्ड । मलाई ५ हजार चाहिए पनि उहाँसँगै लिनुपथ्र्याे । त्यो भनेको विकेन्द्रीकरणको सिद्धान्तविपरीत होइन, व्यवस्थापनको एउटा पाटो थियो । प्रत्येक दिनको रिपोर्टिङ राख्नुहुन्थ्यो,’ उनले भने, ‘दोस्रो, क्यास सरप्लस भएन भने गाह्रो हुन्छ । अनि तेस्रो, मित्रता । सानो स्टाफले पनि ५ सय रुपैयाँ चाहियो भने माग्नुपर्छ भन्ने हो । सबैसँग आत्मीय मित्रता हुनुपर्छ ।’ उनले उदाहरण नै दिए, ‘हामी घरमा काम गर्ने दिदीहरुसँग पनि सँगै टेबलमा खाना खान्थ्यौँ । अझै पनि म टेबल सेयर गरेर नै खान्छु ।’
यी कुरा खेतानले बुबासँग सिके । ‘उहाँ टाइकुन हुनुहुन्थ्यो । त्यो कुरा मिस गर्छु । हामीले व्यापारलाई पेसाका रुपमा लियौँ । तर, उहाँको व्यापार पेसा थिएन । जोखिम लिएर काम गर्नुहुन्थ्यो,’ उनी थप्छन् ।
२१ वर्षको उमेरमा हिमालय बैङ्कको सञ्चालक भएर अनि ३० वर्षकै उमेरमा व्यवसायमा साम्राज्य जमाएका खेतान संविधानसभाको सदस्य पनि भए, राजनीतिमा लागे ।


के अब उनी फेरि राजनीतिमा फर्किएलान् ?
‘हामी जैविक रुपमै राजनीतिज्ञ होइन रहेछौँ । त्यसैले राजनीतिमा मेरो कमब्याक हुँदैन, भएन र भोट मागेर चुनाव लडेर म कहिल्यै मैदानमा आउँदिनँ पनि,’ उनले प्रस्ट विचार बनाइसकेका छन् ।