जाऊँ जाऊँ लाग्ने चिम्टेश्वर महादेव (फोटो फिचर)

फाट्टफुट्ट रुपमा आन्तरिक पर्यटक जाने यो स्थानमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ । तर त्यसका लागि सरोकारवाला निकायको दृढ इच्छाशक्ति आवश्यक छ ।

यो नुवाकोटको चिम्टेश्वर महादेवको मन्दिर क्षेत्र हो । यहाँबाट लाङटाङ आदि हिमशृङ्खलाले जोकसैको मन आकर्षित गर्ने गर्छन् । विदुर, काठमाडौं र धादिङका केही क्षेत्रको दृश्यावलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । तर यसबारे धेरै पर्यटकलाई थाहा छैन । काठमाडौं बालाजुबाट ३५ किलो हुँदै हाइवे छाडेर करिब १५ किलोमिटर दूरी यात्रा गरेपछि यो क्षेत्र पुग्न सकिन्छ ।

समुद्री सतहबाट दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको यो क्षेत्रमा प्रशस्त पर्यटकीय सम्भावना छ । बाइसी चौबीसी राज्यको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले यहाँ बसेर नुवाकोट आक्रमण गर्ने योजना बनाएका थिए । त्यसैले यो क्षेत्र ऐतिहासिक दृष्टिबाट पनि महत्त्वपूर्ण छ । नुवाकोट गढी पनि यही क्षेत्रमा पर्छ । तर यो क्षेत्र पर्यटकीय दृष्टिबाट भने त्यति विकसित हुन सकेको छैन । फाट्टफुट्ट रुपमा आन्तरिक पर्यटक जाने यो स्थानमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ । तर त्यसका लागि सरोकारवाला निकायको दृढ इच्छाशक्ति आवश्यक छ ।