गृह जिल्लाको रोपाइँ महोत्सवमा झुम्दै कृषिमन्त्री खनाल (फोटोफिचर)

२५ सय वर्षअघि राजा शुद्धोधनले सुनको हलोले खेत रोपेको जनविश्वास रहेको त्यस भूमिमा मन्त्री खनालले रोपाइँ गरेका हुन् । बिहान सवा ८ बजे नै मन्त्री खनालले खेतमा धान रोपेर तिरौलाकोट रोपाइँ महोत्सवको शुभारम्भ गरेका थिए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल आफ्नो गृहजिल्ला कपिलवस्तुस्थित तिलौराकोटमा आयोजित धान महोत्सवमा सहभागी भई रोपाइँ गरेका छन् । २५ सय वर्षअघि राजा शुद्धोधनले सुनको हलोले खेत रोपेको जनविश्वास रहेको त्यस भूमिमा मन्त्री खनालले रोपाइँ गरेका हुन् । बिहान सवा ८ बजे नै मन्त्री खनालले खेतमा धान रोपेर तिरौलाकोट रोपाइँ महोत्सवको शुभारम्भ गरेका थिए ।

लुम्बिनी विकास कोषद्वारा आयोजित रोपाइँ महोत्सवमा मन्त्री खनालले अन्य रोपाराले भन्दा छिटो र फटाफट धान रोपेको मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले बताए । ‘अन्य रोपाराभन्दा मन्त्रीज्यूले धान धेरै छिटो रोप्नुहुँदै रैछ,’ उनले भने, ‘मन्त्रीज्यूको रोपाइँ देखेर अन्य रोपारा चकित परे ।’
त्यस्तै मन्त्री खनालले कपिलवस्तुकै बाडगङ्गा नगरपालिका—९ चौबाहमा आयोजित रोपाइँ महोत्सवमा पुगेर धान रोपेका छन् ।

कपिलवस्तु नगरपालिकाले रोपाइँ महोत्सवको आयोजना गरेकाले त्यहाँ पनि मन्त्री खनाल पुग्ने गिरीले बताए । त्यसपछि तिलौराकोटमै आएर धान रोप्ने दोस्रो मेलोमा पनि मन्त्री खनालले नै रोप्ने कार्यक्रम छ ।

 

तस्बिर साैजन्यः बाेमलाल गिरी