पानीकाे पिरलो (फोटो फिचर)

वर्षाकै कारण विभिन्न स्थानमा बाढीपहिरो गएको र बिजुलीको पोलमा समेत असर गरेको सरोकारवालाले बताएका छन् । त्यति मात्र होइन, विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्धसमेत भएको पाइएको छ ।

सोमबार देशभर वर्षा भएको छ । वर्षाकै कारण विभिन्न स्थानमा बाढीपहिरो गएको र बिजुलीको पोलमा समेत असर गरेको सरोकारवालाले बताएका छन् । त्यति मात्र होइन, पानीकै कारण विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्धसमेत भएको पाइएको छ ।

काठमाडौं उपत्यकाको जनजीवन पनि वर्षाका कारण प्रभावित बनेको छ । विशेषगरी सवारीसाधन (त्यसमा पनि दुईपाङ्ग्रे) मा यात्रा गर्नेहरुको दैनिकी कष्टकर बनेको छ । ढल व्यवस्थापन अव्यवस्थित हुँदा सडकमै पानी जमेर ठाउँठाउँमा पानीका पोखरीसमेत बनेका छन् । काठमाडौंका जमल, पुतलीसडक आदि क्षेत्र जलमग्न छन् ।