मिसन लार्केपास

लार्केपास पुगेपछि त्यहाँबाट देखिने मनोरम दृश्य, मनास्लु, हिमलुङ, चो, काङ गुरु र अन्नपूर्ण दोस्रो जस्ता हिमालको दृश्यावलोकनले जोकसैको मनमा अनौठो तरङ्ग ल्याइदिन्छ । सँगै पदयात्राका क्रममा गोरखाको तल्लो भेगमा ब्राह्मण, क्षेत्री, गुरूङ आदिका सांस्कृति गतिविधि एवम् उनीहरुका रहनसहनबारे पनि पर्याप्त जानकारी लिन सकिन्छ ।

काठमाडौंबाट बस र पैदेल यात्रा गरी आठौं दिनमा पुग्न सकिने स्थान हो — मनास्लु बेस क्याम्प (लार्केपास) । अन्नपूर्ण राउन्ड सर्किटको विकल्पका रुपमा चर्चित यो पदयात्रा निकै रोचक र रमाइलो छ । पहिलो दिन काठमाडौंबाट बसमा गोरखाको आरुघाट, दोस्रो दिन पाँच घण्टाको पैदल यात्रामा सोतीखोला, तेस्रो दिन ६ घण्टाको पैदलमा माछाखोला, चौथो दिन ६ घण्टाकै यात्रामा जगत, पाँचौं दिन ६ घण्टाकै यात्राबाट देङ पुगेर पर्यटक बास बस्छन् ।

छौटौं दिन देङबाट नामरुङ र सातौं दिन स्यालामा पुगेर पर्यटकले विश्राम गर्छन् । आठौं दिन स्याला बाटा मनास्लु बेस क्याम्प (लार्केपास) पुगेर पर्यटकले पदयात्राको रोचक अनुभूति सँगाल्ने गर्छन् । र यो यात्रा फर्किने बेलामा भने सामा, लार्के फेदी, बिमथाङ, तिल्जे, सिरिचौर हुँदै लमजुङ बेसीसहर आएर टुङ्गिन्छ ।

लार्केपास पुगेपछि त्यहाँबाट देखिने मनोरम दृश्य, मनास्लु, हिमलुङ, चो, काङ गुरु र अन्नपूर्ण दोस्रो जस्ता हिमालको दृश्यावलोकनले जोकसैको मनमा अनौठो तरङ्ग ल्याइदिन्छ । सँगै पदयात्राका क्रममा गोरखाको तल्लो भेगमा ब्राह्मण, क्षेत्री, गुरूङ आदिका सांस्कृति गतिविधि एवम् उनीहरुका रहनसहनबारे पनि पर्याप्त जानकारी लिन सकिन्छ । माथिल्लो भेगमा भने तिब्बतियन संस्कृति अपनाउनेहरुको सङ्ख्या बढी छ । यो क्षेत्रमा बहुपतिप्रथाको चलन पनि छ । लार्केपासबाट केही घण्टाको दूरीमै चीनको सीमा साम्दु पनि पुग्न सकिन्छ ।