साउनको हरियो बजार (फोटो फिचर)

साउनमा अधिकांश महिलाले व्रत बस्ने, माछामासु, लसुनप्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते, म्हेन्दी लगाउने गरेका छन् । पछिल्लो समय कतिपय पुरुष पनि व्रत बस्ने गरेका छन् ।

साउन लागेसँगै बजार हरिया चुरापोते तथा राताम्मे कपडाले रङ्गिएको छ । भगवान् शिवको पूजा आराधना गरी बिताइने महिना हो, यो । त्यसैले साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गारका पसलमा चुरापोते अनि हरियो, राता, पहेंला वस्त्र किन्नेहरुको भीड बढ्दै गएको व्यवसायीको भनाइ छ ।

यस महिनामा अधिकांश महिलाले व्रत बस्ने, माछामासु, लसुनप्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते, म्हेन्दी लगाउने गरेका छन् । पछिल्लो समय कतिपय पुरुष पनि व्रत बस्ने गरेका छन् ।

राजधानीका असन, इन्द्रचोक, बानेश्वर, कोटेश्वर, न्युरोड, ठमेल, वागबजार आदि क्षेत्रमा अहिले चुरा पोते, मेहेन्दीलगायत सामानको व्यापार गर्ने व्यवसायीलाई भ्याइनभ्याइ रहेको असनका व्यवसायी मोहमद आलमले बताए ।