समयभन्दा अघि

काठमाडौंमा सञ्चालन भएको १८ वर्षपछि पोखरामा पनि साङ्ग्रिला होटल खुल्यो । यसलाई प्रसिद्ध नेपाली ब्रान्डको चेन होटल बनाउने पाण्डेको योजनाअनुसार नै पोखरामा होटल सञ्चालन भएको हो । अब लेखनाथको बेगनासताल नजिक पनि होटल बनाउने तयारीमा पाण्डे छन् ।

नेपाल खासमा आफैंमा साङ्ग्रिला छ । त्यसैले नेपाल आउने पर्यटक यहाँका मनमोहक दृश्य देखेर जहिल्यै रमाउँछन् । कल्पना गर्नुहोस्, ४० वर्षअघि यहाँको वातावरण कस्तो थियो होला ? पक्कै पनि नेपालको प्राकृतिक सुन्दरतामा पर्यटक लोभिन्थे । तिनै पर्यटक र उनीहरुको गतिविधिलाई नजिकबाट नियालिरहेका थिए— श्यामबहादुर पाण्डेले, जो अहिले होटल साङ्ग्रिलाका अध्यक्ष हुन् ।

पर्यटकमा ग्ल्यामरस बिजनेसको महङ्खव थाहा पाएका पाण्डेले पर्यटकलाई लक्ष्य गर्दै होटल खोल्ने योजना बनाए । त्यही योजनाको साकारस्वरुप खुलेको हो, होटल साङ्ग्रिला । सैन्य परिवारमा जन्मेहुर्केका पाण्डेलाई जहिल्यै लाग्थ्यो— देशमा अलिकति भए पनि योगदान हुने काम गर्नुपर्छ । उनमा केही न केही गर्छु भन्ने हुटहुटी त्यही बेलादेखि नै थियो । बुबा आर्मी थिए । त्यो बेला दोस्रो विश्वयुद्धका बेला नेपालबाट सैनिकको सहभागितामा पाण्डेका बुबा भारत गएका थिए । यता पाण्डे भने पढाइ सकेर गृह मन्त्रालयमा जागिरे थिए ।

तीसको दशकतिर लाजिम्पाटमा धानबाली हुने खेत टन्नै थियो । पातलो बस्ती । एकाध घर मात्र । लाजिम्पाटकै रैथाने पाण्डे कहिले हिँड्दै त कहिले मोटरसाइकलमा लाजिम्पाटबाट निस्कने गर्थे । हिँडिरहँदा के गर्ने, कसो गर्ने योजना पनि बुन्थे । गृह मन्त्रालयमा जागिरे हुँदा पनि उनलाई केही न केही अरु गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो ।

२००९ मा म्याट्रिक्स पास गरेका पाण्डेले स्नातकोत्तर तहसम्म अध्ययन गरे । फेलोसिप पाएर अमेरिका अध्ययन गर्न गएका पाण्डे नेपाल आएपछि गृह मन्त्रालयअन्तर्गत विभिन्न विभागमा काम गरे । ‘अमेरिकाबाट आएपछि पहिले जागिर मेरो गृह मन्त्रालयमा भयो,’ साङ्ग्रिला होटलको आफ्नै क्याबिनमा उनले सुनाए, ‘म नेपाल–चीन बोर्डर डिमार्केसनको काममा पनि म सामेल भएँ । साथै अन्य विभागमा रहेर पनि काम गरें ।’

जागिरको सिलसिलामा उनको सरुवा जुम्लाको रारा भयो । उनलाई जान समस्या भयो । घरपरिवारबाट टाढा भई दुर्गम स्थानमा कसरी बस्ने भन्ने भयो । अनि जागिरबाट राजीनामा दिए । ‘मैले सरकारी सेवामा १६ वर्ष बिताइसकेको थिएँ, अब आफैं केही गर्छु भन्ने लागेको थियो, त्यही बेला राजीनामा गर्ने बहाना मिल्यो,’ उनले जागिरे जीवन सम्झिए ।

जागिरबाट राजीनामा दिएपछि उनले पहिलो व्यापार सुरु गरे— टेन्डरको । त्यसका लागि पुतलीसडकमा अफिस नै राखे । र काम थाले । ‘नेपालमा टेन्डर हुने बेलामा मैले बाहिरका कम्पनीलाई सहयोग गर्थें । लेखापढी गरिदिन्थें,’ उनले भने, ‘यस्तो व्यवसाय मैले करिब १० वर्ष गरें । कहिले साथीभाइ त कहिले आफ्नै लगानी गर्र्दै व्यवसाय बढाउँदै लगें पनि ।’

लाजिम्पाटबाट पुतलीसडक निस्किरहेका थिए । एक जना साथीमार्फत उनले लाजिम्पाटमै ठूलो जग्गा खाली रहेको र त्यो बिक्रीमा रहेको थाहा पाए । तर सुरुमा उनले त्यसबारे खासै चासो दिएनन् । एक दिन घरमा बसिरहेको बेला एक जना दलाल आएर यो जग्गाबारे कुरा गर्न खोजे । तर त्यतिखेर जग्गा किन्ने हैसियत उनको थिएन ।

‘अरुले किन्न खोजेका थिए, त्यो जग्गा । तर तपाईंलाई भए दिन्छु भनेर प्रस्ताव आयो,’ उनले भने, ‘साथीभाइ आदिलाई गुहारेर मैले अहिले साङ्ग्रिला भएको जग्गा किनें । र होटल बनाउने योजना बनाएँ ।”

संयोग भनौं या पाण्डेको भाग्य । होटल बनाउने योजनामा रहेका पाण्डेको सन् १९७५ मा नेपालको पर्यटन क्षेत्रमा दख्खल राख्ने डेसमण्ड डेंगसँग भेट भयो । उनले आफ्नो योजना सुनाए । उनको योजनालाई डेसमन्डले सार्थक बनाउन सहयोग गरे । मल्ल होटलनजिकै एउटा गार्डेन थियो । त्यो उनलाई असाध्यै राम्रो लागेको थियो । ‘त्यो गार्डेनप्रति मलाई इन्ट्रेस्ट पनि लाग्यो । यससँगै साङ्ग्रिलामा पनि त्यस्तै गार्डेन बनाउन मन लाग्यो । र बनाइयो पनि,’ उनले भने, ‘यो अवधारणा पनि मित्र डेसमण्डले नै पूरा गरे ।’

पाण्डे होटल व्यवसायमा पहिलेदेखि नै आकर्षित थिए । त्यतिखेर सोल्टी, एभरेस्ट र याक एन्ड यती होटल सञ्चालनमा आइसकेका थिए । कहाँ काम गर्नेभन्दा होटलमा भन्दा पनि सनको कुरा हुन्थ्यो । ‘त्यसैले पनि मलाई प्रभाव पा¥यो र होटल सञ्चालन गर्ने निर्णय गरें,’ उनले भने, ‘मेरो परिवारमा कोही पनि होटल ब्याकग्राउन्डमा थिएनन् । तर पनि मैले ठूलै होटल बनाउने निधो गरेको थिएँ ।’

नेपाल बैङ्कबाट ऋण लिएर होटल बनाएका पाण्डेले केही वर्षपछि बन्दहडताल, माओवादी जनयुद्ध र अस्थिर राजनीतिको सामना गर्न पुगे । समग्र मुलुकको अवस्थालाई असर पारेको त्यसले होटलमा समेत असर पा¥यो । तर, उनी डगमगाएन् । होटलको स्तर वृद्धिमा लागि नै रहे ।

‘साङ्ग्रिला सञ्चालनको ४० वर्षको अवधिमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा यसले धेरथोर योगदान दिएको जस्तो लाग्छ,’ उनले भने, ‘हामीले होटलमा वातावरणलाई अत्यन्त संयमताका साथ सुरक्षित गरेका छौं ।’ होटलमा आइसकेपछि कुनै पनि पर्यटकले यहाँको अनुकूल वातावरणमा आफूलाई पाउँछ । त्यही अनुभूति गराउन होटलमा विशेष किसिमले पर्यावरण सुरक्षित गरेको उनको भनाइ छ ।

साङ्ग्रिला होटलका प्रत्येक क्रियाकलापका छुट्टाछुट्टै कथा छन् । रोबट पावलले यहाँको स्विमिङ पुल बनाएका हुन्, जसले ठमेल र मुस्ताङलाई समेत चिनाउन सहयोग गरे । उनैको कन्सेप्टमा यहाँ स्विमिङ पुल बन्यो । ‘त्यतिखेर सानो कम्युनिटी थियो । पाटन आदि क्षेत्रमा केही पर्यटक जान्थे । त्यतिखेर साङ्ग्रिला होटल प्रिमियम किसिमको थियो । त्यसका केही तस्बिर पनि हामीसँग सुरक्षित छन्,’ पाण्डे भन्छन् ।

साङ्ग्रिलाको कहानी पैसामा मात्र सीमित छैन । यहाँ अन्य वस्तुले पनि प्रभाव पारेका छन् । प्रत्येक सजावट र इँटामा जीवन्त इतिहास रहेको उनी बताउँछन् । काठमाडौंमा सञ्चालन भएको १८ वर्षपछि पोखरामा पनि साङ्ग्रिला होटल खुल्यो । यसलाई प्रसिद्ध नेपाली ब्रान्डको चेन होटल बनाउने पाण्डेको योजनाअनुसार नै पोखरामा होटल सञ्चालन भएको हो । अब लेखनाथको बेगनासताल नजिक पनि होटल बनाउने तयारीमा पाण्डे छन् ।

पाण्डे युवावस्थामा साथीभाइसँग मिलेर ठाउँठाउँ घुम्न जान्थे । जहाँजहाँ उनी जान्थे, राम्रो लागेको अवस्थामा यो ठाउँ किन्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो । एक दिन बेगनासतालमा उनी डुङ्गा चढेर घुम्दै थिए । एक ठाउँ जङ्गलले ढकमक्क छोपेको देखियो । माथि जमिनवाला बसिरहेका थिए । उनलाई त्यो जमिन किन्ने इच्छा भएछ । त्यो त्यहाँका माननीयको जग्गा रहेछ । त्यो ठाउँ उनलाई साहै्रै सुन्दर लाग्यो । त्यो जग्गा तत्कालीन चर्चित व्यक्ति श्रीकान्तको रहेछ । उनले सुरुमा त ‘मेरो जग्गा म किन बेच्छुु ? मेरो जग्गा कसले किन्न सक्छ ?’ भनेर पाण्डेलाई नै प्रश्न गरेछन् ।

‘जग्गा मनप¥यो, खरिद गर्न खोज्दा किन बेच्ने, बेच्दिनँ भनेर जग्गावालाले भने,’ त्यो बेलाको कुरा सम्झँदै पाण्डेले भने, ‘तर पनि हाम्रो के कुरामा चित्त बुझेछ क्यार आउनुहोस् कुरा गरौं भन्नुभयो । त्यसपछि हामीले कुरा गरेर जग्गा लियौं ।’ अहिले त्यही जग्गामा बेगनासमा होटल बनाउने तयारी भइरहेको छ । डिजाइनको कामसमेत भइरहेको छ । एउटा विश्वचर्चित होटल यहाँ ल्याउन कोसिससमेत भएको पाण्डेले बताए ।

पाण्डे अझै पनि होटलमा नियमित आएर त्यसको व्यवस्थापन हेरिरहेका छन् । पाण्डेका दुई भाइ छोरा प्रसिद्ध र प्रवीण पाण्डेले अहिले बुबालाई सघारहेका छन् । उनको उमेर सोध्दा उनी भन्छन्, ‘मलाई लाग्छ, उमेरले मानिसलाई केही गर्दैन, ऊभित्रको जोसजाँगर आदिले उसलाई सधैं यौवन राख्न सक्छन् । र मान्छेले बाहिरबाट हेर्दा जति वर्षको अनुमान गर्छ, त्यो नै उसको उमेर हो ।’

र संवादको अन्त्यअन्त्यतिर उनले आफ्नो उमेर अनुमान गर्न हामीलाई भने । हामीले म्याट्रिक्स पास गरेको वर्ष, अनुभव र कुराकानीका आधारमा उनी ७५ वर्षभन्दा बढी भएको अनुमान मात्र गरेर छुट्टियौं ।