सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएको छ ।
मंगलबार राती बसेको मन्त्री परिषद बैठकले राजभण्डारीलाई हटाएको सुचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । राजभण्डारीलाई सरकारले दुइ पटक स्पष्टिकरण सोध्दै मंगलबार हटाएको जानकारी दिएको हो । राजभण्डारी २०७३ असाेजमा तीन बर्षे कार्यकालका लागि नियुक्त भएकी थिइन् ।