हेली एयरको उडान अनुमतिमाथि अख्तियारको छानबिन

सुरुमा हेली एयरलाई बागलुङ आधारक्षेत्र बनाएर उडान अनुमति दिएको हो । तर, गौतमले पदीय दुरुपयोग गरी बागलुङ आधार क्षेत्रबाट पोखरा आधार क्षेत्र दिएका थिए । अहिले हेलीले पोखरालाई आधार मानेर उडान गरिरहेको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले नियमविपरीत अल्ट्रालाइटलाई पोखरा बेस उडान अनुमति दिएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

महानिर्देशक गौतमले सुरुमा बागलुङ बलेवालाई आधार क्षेत्र बनाएर हेली एयरलाई उडान अनुमति दिए पनि पछि त्यसका सञ्चालकसँग मिलेमतो गरेर फेरि पोखरालाई नै आधार बनाएर उडाउने अनुमति दिएपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो । पोखराका व्यवसायीले यसको व्यापक विरोध गरेका छन् ।

केही समयअघि क्यानकै दीपक बरालको संयोजकत्वमा गठित चार सदस्यीय समितिले पोखरामा थप अल्ट्रालाइटलाई उडान अनुमति दिन नहुने प्रतिवेदन सम्बन्धित मन्त्रालयका बुझाएको थियो । बरालको संयोजकत्वमा बनेको समितिले पोरखाबाहेकका क्षेत्र (बागलुङ, मुस्ताम)लगायत क्षेत्रलाई आधार बनाएर उडान अनुमति दिन मिल्ने र ती क्षेत्रको प्रोत्साहन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । तर, ती क्षेत्रमा व्यावसायिक सम्भावना नदेखिएपछि हेली एयरका सञ्चालकले गौतमलाई आर्थिक प्रलोभनमा पारी पोखरालाई नै आधार क्षेत्र बनाएर अनुमति लिएको थियो । अहिले हेली एयर व्यावसायिक उडान गर्ने तयारीमा छ ।

सुरुमा प्रतिवेदनअनुसार नै बागलुङ बलेवालाई आधार क्षेत्र बनाएर उडान अनुमति दिएको थियो । तर, पछि गौतमले उक्त प्रतिवेदनलाई लत्याउँदै पोखरालाई आधार मानेर उडान अनुमतिपत्र दिएपछि गौतमविरुद्ध अख्तियारमा उजुरी परेको हो । गौतमको ठाडो आदेशमा फ्लाइट सेफ्टी स्ट्यान्डर्स विभागका वरिष्ठ अधिकृत वरदान बरालले २०७३ मङ्सिर ३० गते हेली एयरलाई पोखरा नागरिक उड्डयन कार्यालयमा अपरेसन सब बेसका लागि ह्याङ्गर सुविधा निर्माण गर्ने अनुमति दिएको थियो ।

२०७३ साल चैत २९ गते घुस लिई गैरकानुनी रुपमा हेली एयरलाई स्वीकृति प्रदान गर्ने/गराउनेलाई कारबाही गरी पाऊँ भन्दै अख्तियारमा उजुरी परेको हो । २०७४ साल वैशाख ८ गते ६२६३ नम्बरमा उजुरी दर्ता गरेको थियो । र, गौतम अहिलेसम्म दुईपटक यसै विषयमा बयान दिन अख्तियारसमेत पुगिसकेका छन् ।

सुरुमा हेली एयरलाई बागलुङ आधारक्षेत्र बनाएर उडान अनुमति दिएको हो । तर, गौतमले पदीय दुरुपयोग गरी बागलुङ आधार क्षेत्रबाट पोखरा आधार क्षेत्र दिएका थिए । अहिले हेलीले पोखरालाई आधार मानेर उडान गरिरहेको छ । मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नयाँ अल्ट्रालाइटलाई उडान अनुमति दिनेबित्तिकै दैनिक उडान गर्ने, बुद्ध, यती, सिम्रिक र नेपाल वायुसेवा निगमले उडान गर्दै आएका छन् । पोखरालाई आधार बनाएर अल्ट्रालाइट उडाउँदा जहाजमा ठूलो असर पर्ने देख्दादेख्दै गौतमले स्वीकृति दिएका हुन् ।