ताम्राकार हाउस जहाँबाट धमाधम बेचिन्छन्, तस्करीका मोबाइल

ताम्राकार हाउसको स्टलमा रहेका व्यापारीले ग्राहकलाई एउटै मोबाइलको दुईथरि मूल्य बताउने गरेका छन् । उदाहरणका रुपमा औपचारिक रुपमा नेपाल भित्रिएको एमआर्इएको नोट फाइभको मूल्य २८ हजार ५ सय रुपैयाँ पर्ने बताउँछन् । तस्करी भएर भित्रिएको सोही मोडलको मोबाइल ताम्राकार हाउसमै २५ हजार रुपैयाँ पाइन्छ ।

नेपालको सबैभन्दा ठूलो मोबाइल हबको रुपमा परिचय बनाएको ताम्राकार हाउस अहिले तस्करी भएर भित्रिएका मोबाइले बेच्ने अखडा बनेको छ ।

ताम्राकार हाउसभित्रै भएका व्यवसायीले औपचारिक रुपमा भित्रिएका मोबाइल बेच्नभन्दा तस्कर भएर भित्रिएको मोबाइल बिक्री गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका हुन्छन् ।

ताम्राकार हाउसको स्टलमा रहेका व्यापारीले ग्राहकलाई एउटै मोबाइलको दुईथरि मूल्य बताउने गरेका छन् । उदाहरणका रुपमा औपचारिक रुपमा नेपाल भित्रिएको एमआर्इएको नोट फाइभको मूल्य २८ हजार ५ सय रुपैयाँ पर्ने बताउँछन् । तस्करी भएर भित्रिएको सोही मोडलको मोबाइल ताम्राकार हाउसमै २५ हजार रुपैयाँ पाइन्छ ।

व्यवसायीले ग्राहकलाई दुर्इ ओटा अप्सन दिने गरेका छन् । २८ हजार ५ सय रुपैयाँ तिर्ने हो भने मोबाइलमा वारेन्टी पाइन्छ भन्ने गरेका छन् । तर, तस्कर भएर आएको मोबाइल २५ हजार रुपैयाँमै बेच्छन्, तर वारेन्टी दिँदैनन् । जुन मोबाइल वारेन्टी हुँदैन त्यो तस्करी भएर नेपाल भित्रिएको मोबाइल भएको मोबाइल इम्पोर्टकर्ता बताउँछन् ।

ताम्राकार मोबाइल व्यवसायी सङ्घका अध्यक्ष जगत साउदका अनुसार ताम्राकारभित्र भएका व्यवसायीले तस्करी भएर आएका मोबाइल बिक्री नगरेको दाबी गरे । ‘कोही मानिसले विदेशबाट मोबाइल ल्याएको छ । तर, त्यसलाई चलाउन आएन भने ताम्राकारमा बेच्न ल्याएको हुन सक्छ,’ उनले भने, ‘त्यस्तो मोबाइल बेचेको हुनसक्छ । तर, ठूलो परिमाणमा मोबाइल बेचेका छैनन् ।’

तस्करी भएर भित्रिएको मोबाइल १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार पनि तिर्न परेन । त्यति नतिर्दा नेपालमा औपचारिक क्षेत्रबाट भित्रिने मोबाइलभन्दा धेरै सस्तो पर्ने आयातकर्ताहरु बताउँछन् । ताम्राकार मात्रै होइन नयाँ नयाँ मोबाइल हबको रुपमा स्थापित हुँदै आएका कम्प्लेक्समा पनि तस्करी भएर भित्रिएका मोबाइल छ्यास्छयास्ती पाइन्छन् । कर्मचारीसँग सेटिङ मिलाएर एयरपोर्ट र केरुङ नाकाबाट धमाधम मोबाइल भित्रिँदै आएका छन् ।

त्रिभुवन विमानस्थलका भन्सार प्रमुख गजेन्द्र ठाकुरले आफू आएको एक महिना भएको र सो अवधिमा एउटा पनि मोबाइल तस्करी भएर नगएको बताए । ‘एक महिनाको अवधिका कुनै पनि ब्रान्ड एयरपोर्टबाट भित्रिएको छैन,’ उनले भने, ‘तर, अहिले पनि सूक्ष्म अध्ययन गरिरहेको छु ।’ औपचारिक माध्यमबाट बाहेक यहाँबाट कुनै पनि मोबाइल नगएको दाबी गरे ।

तस्करी भएर भित्रिएको मोबाइल किन्न सुझाउँछन् मोबाइल व्यवसायी

‘एउटै मोडल तर, पैसा ४ देखि ५ हजार रुपैयाँसम्म सस्तो भएपछि किन महँगो मोबाइल लैजानुहुन्छ ?’ ताम्राकार हाउसका एक व्यापारीले ग्राहकलाई भनेको कुरा हो यो ।

आखिर ५ हजार रुपैयाँ महँगो तिरे पनि पाउने वारेन्टी मात्रै हो । वारेन्टीवाला मोबाइल लिएर गए पनि बिग्रियो भने यहीं ल्याउने हो । सस्तो मोबाइल लिएर गए पनि पछि विग्रियो भने यहीं ल्याए हुन्छ । हामी बनाइहाल्छौ’ ती व्यवसायीले ग्राहकलाई भने ‘बिग्रेपछि बनाउने यहीं भएपछि किन चाहियो वारेन्टी ?’

कम्पनीले दिएको नाफा भन्दा तस्करबाट भित्रिएको मोबाइल बेच्दा धेरै नाफा हुने र हिसाबकिताब पनि नराख्नु पर्ने भएपछि तस्करी भएर भित्रिएको मोबाइल बेच्न व्यवसायी लागिपरेका छन् ।

औपचारिक रुपमा नेपाल भित्रिएको मोबाइल बेच्दा व्यवसायीलाई पाँचदेखि १० प्रतिशतसम्म कमिसन आउँछ । तर, तस्करी भएर आएको मोबाइल बेच्दा एउटै मोबाइलमा ३० प्रतिशत भन्दा बढी नाफा हुने गरेको पाइन्छ ।

अर्बौ राजस्व छली

सरकारले मोबाइलमा उपलब्ध गराउँदै आएको भ्याट फिर्ता खारेज र थप पाँच प्रतिशत मोबाइलमा भन्सार लगाएपछि तस्करी बढ्दा राज्यको अर्बौ रुपैयाँ राजस्व गुमेको छ । एयरपोर्ट तथा केरुङका कर्मचारीसँग मिलेर नेपालमा मोबाइल भित्र्याउने र त्यसबापत तिर्नुपर्ने कर केही नतिर्ने गरेका हुन् ।