सुरु भयो १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी (फोटो फिचरसहित)

प्रदर्शनीमा १ सय ३५ ओटा स्टलमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्स तथा लेडिज चप्पल एवम् उद्योगसँग सम्बन्धित कच्चा पदार्थ तथा फुड स्टल छन् ।

आजदेखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने मूल नाराका साथ सुरु भएको जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरूको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

प्रदर्शनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद््घाटन गरेका छन् । प्रदर्शनीमा १ सय ३५ ओटा स्टलमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्स तथा लेडिज चप्पल एवम् उद्योगसँग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टल छन् ।

नेपालभर छरिएर रहेका उद्योगबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुह उपभोक्ताले एउटै छानामुनि अवलोकन तथा छनोट गरी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउनु प्रदर्शनीको मुख्य उद्देश्य हो । जुत्ता चप्पल र वस्तुहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था छ । नयाँ डिजाइनका जुत्ताचप्पल तथा प्रदर्शनी हल भित्रै फेशन सो, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था छ ।