मिसावट छैन, मिसावट पाइएमा १० वर्षसम्म उद्योग बन्द गरिदिनुहोस्

‘हामी उपभोक्ताको स्वाथ्यका लागि गम्भीर छौं,’ अध्यक्ष अग्रवालले भने, ‘मिसावट गरेको पाइएमा हामी पनि त्यो उद्योगलाई कार्बाही गर्न सहयोग गर्छौं ।’ गत वर्षभन्दा यस वर्ष चिनीको उत्पादन बढी भएको र दसैं, तिहारको मुखमा बिक्री कम भएकाले स्टकमा धेरै चिनी रहेको बताए । त्यही स्टक चिनी उद्योगीले घाटा खाएर भए पनि बिक्री गरिएको उनको भनाइ छ । तर, बजारमा नकारात्मक हल्ला फैलिएको बताए ।

बजारमा गुणस्तरहीन चिनी बिक्री गरेको भन्दै सार्वजनिक लेखा समितिको बैठकमा ल्याब टेस्टको आवाज उठिरहेका बेला चिनी उत्पादक सङ्घले भने कुनै मिसावट नभएको स्पष्टीकरण दिएको छ । चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले कुनै पनि मिसावट नभएको र मिसावट भएको पाइएमा १० वर्षसम्म उद्योग बन्द गरिदिन सरकारलाई अनुरोध गरेका छन् ।

‘हामी उपभोक्ताको स्वाथ्यका लागि गम्भीर छौं,’ अध्यक्ष अग्रवालले भने, ‘मिसावट गरेको पाइएमा हामी पनि त्यो उद्योगलाई कार्बाही गर्न सहयोग गर्छौं ।’ गत वर्षभन्दा यस वर्ष चिनीको उत्पादन बढी भएको र दसैं, तिहारको मुखमा बिक्री कम भएकाले स्टकमा धेरै चिनी रहेको बताए । त्यही स्टक चिनी उद्योगीले घाटा खाएर भए पनि बिक्री गरिएको उनको भनाइ छ । तर, बजारमा नकारात्मक हल्ला फैलिएको बताए ।

हाल उद्योगीहरुसँग ८० हजार मेट्रिक टन चिनी स्टक रहेको जनाइएको छ । अबको दुई महिनापछि चिनी उत्पादन सुरु हुने भएकाले प्रतिकिलो पाँचदेखि सात रुपैयाँ घाटा बेहोरेर चिनी बिक्री गरिरहेको अध्यक्ष अग्रवालको भनाइ छ । उद्योगीले घाटा खाएर सस्तोमा चिनी बेचेकै कारण भारतबाट आयात गरिएको आरोप आफूहरुलाई लागेको बताउँदै त्यसमा सत्यता नभएको बताए ।

दसैं, तिहार र छठपर्वको मौकामा उद्योगीले महँगोमा उपभोक्तालाई चिनी बिक्री गरेको भन्दै केही दिनअघिदेखि लेखा समितिले यस विषयमा छलफल गरिरहेको छ । चाडबाडको मौकामा उपभोक्तालाई गुणस्तरहीन चिनी बिक्री गरेको भन्दै अधिकांश सदस्यहरुले ल्याब टेस्ट गर्न सरकारसँग माग गरेका थिए ।

लेखा समितिका सदस्य हृदयश त्रिपाठीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी चिनीमा मिसावट भएको हुन सक्ने भन्दै ल्याब टेस्ट गर्न सरकारलाई निर्देशनसमेत दिएका छन् । चिनी उद्योगीहरुले भारतबाट सस्तो मूल्यमा कमसल चिनी ल्याएर नेपाली बजारमा बिक्री गरेको उनको आरोप छ ।

भारतबाट चिनी ल्याएर नेपाली उद्योगको बोरामा प्याकिङ गरी बिक्री गरेको भन्दै त्यसप्रति गम्भीर भएर अनुगमन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिसकेको लेखा समितिका सदस्य प्रेमबहादुर आलेको भनाइ छ । ‘अहिले बजारमा ६०देखि तीन सय १३ रुपैयाँ प्रतिकिलो पर्ने चिनी बजारमा छ,’ सदस्य आलेले भने, ‘त्यसको गुणस्तर मापन गर्न आवश्यक छ ।’