१४ कम्पनीमा भित्रियो १० अर्ब लगानी

अहिले विशेषगरी, चीनले नेपालमा लगानी बढाउँदै लगेको छ । सिमेन्टमा मात्रै होइन, होटल तथा रेस्टुराँ क्षेत्रमा उसको लगानी धेरै छ । चीनबाट होटल तथा रेस्टुराँका परियोजना बढी आएका छन् ।

अहिले विशेषगरी, चीनले नेपालमा लगानी बढाउँदै लगेको छ । सिमेन्टमा मात्रै होइन, होटल तथा रेस्टुराँ क्षेत्रमा उसको लगानी धेरै छ । चीनबाट होटल तथा रेस्टुराँका परियोजना बढी आएका छन् ।

विभिन्न १४ ठूला कम्पनीले १० अर्ब रुपैयाँ वैदेशिक लगानी भित्र्याएका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न देशबाट १० अर्ब १६ करोड रुपैयाँ लगानी नेपाल भित्रिएको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ । दुईओटा चुनाव सकिएकाले देश स्थिरतातर्फ अघि बढेकाले विदेशबाट लगानी नेपाल भित्रिन थालेको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । ‘अहिले विभिन्न मुलुकबाट लगानी भित्रिने क्रम बढेको छ,’ उनले भने, ‘यसरी विदेशी लगानी नेपाल भित्रिनुले देशमा लगानीयोग्य वातावरण बन्दै गएको सङ्केत गर्छ ।’

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार होङ्सी शिवम् सिमेन्टले चालू आर्थिक वर्षको चार महिनामा ३ अर्ब ८१ करोड ४ लाख रुपैयाँ विदेशी लगानी भित्र्याएको छ । त्यसैगरी, मादी जलविद्युत् आयोजनाले एक अर्ब ७१ करोड, भिमा हाउसले एक अर्ब ३१ लाख, सोलु जलविद्युत् आयोजनाले एक अर्ब ३८ करोड, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ६८ करोड, भृकुटी डेभलपमेन्ट इनिसिएटिभ प्रालिले ५० करोड, सिल्भर हेरिटेज इन्भेस्टमेन्टले ६१ करोड ६ लाख, होटल अन्नपूर्ण भ्यू सराङ्कोटले २६ करोड, एच–प्लानेट प्रालिले २४ करोड, सेवा डेभलपमेन्ट प्रालिले ७ करोड, आवर फार्म नेपाल प्रालिले ७ करोड, ठमेल इको रिसोर्टले ५ करोड, ग्रिसमान्डू गेस्ट हाउस प्रालिले ४ करोड ५ लाख र अन्य कम्पनीका नाममा ३४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो ।

अहिले विशेषगरी, चीनले नेपालमा लगानी बढाउँदै लगेको छ । सिमेन्टमा मात्रै होइन, होटल तथा रेस्टुराँ क्षेत्रमा उसको लगानी धेरै छ । चीनबाट होटल तथा रेस्टुराँका परियोजना बढी आएका छन् ।

सरकारले २०४९ सालमा लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन ल्याएपछि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्न थालेको देखिन्छ । नेपालमा सामान्य रुपमा लगानी आए पनि २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा वैदेशिक लगानी बढेको उद्योग विभागको तथ्याङ्क छ । चालू आर्थिक वर्षको चार महिनामा नेपालमा १० अर्ब रुपैयाँ आइसकेको छ ।

प्राकृतिक स्रोतसाधनको हिसाबले नेपाल दक्षिण एसियामै लगानीका लागि आकर्षक गन्तव्य हो । तर नेपालमा वैदेशिक लगानीको हिस्सा अत्यन्तै न्यून छ । छिमेकी देश चीनले संसारभर लगानी विस्तारको अभियान सुरु गरे पनि नेपालमा खुलेर लगानी गर्न सकेको छैन । ‘२०४९ सालमा नेपालले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन बनायो । त्यो बेला छिमेकी देशको भन्दा हाम्रो ऐन राम्रो थियो । तर छिमेकी देशले समयसापेक्ष ऐन परिवर्तन गर्न सके, हामीले सकेनौँ,’ नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा भन्छन् । राजनीतिक अस्थिरता र कानुनी जटिलताको कारण नेपालमा वैदेशिक लगानी न्यून आएको उनले बताए ।

राजनीतिक अस्थिरता र बन्दहडताल नै प्रत्यक्ष वैदेशिक लगानी कम आउनुका कारण भएको अर्थविद् डा. शङ्कर शर्माको भनाइ छ ।