न्युरोडमा तिहार बजार (फोटो फिचर)

उपत्यकाका व्यापारिक केन्द्र न्युरोड, असन र वसन्तपुर क्षेत्रमा अझ बढी तिहारको चहलपहल छ । यस क्षेत्रमा विशेषगरी फूलमाला, ऋतुफल र टीकाप्रसादका सामानको ठूलो बजार लागेको छ ।

हिजोदेखि तिहार लागिसक्यो । फेरि बजारमा चहलपहल बढ्यो । सबैतिर झिलिमिली बत्तीले गाउँबस्ती एवम् बजारमा रौनकता थपेको छ । देउसीभैली खेल्नेहरु पनि बढ्दै छन् । यससँगै बजारका चोकचोक, गल्लीगल्ली एवम् व्यापारिक कम्प्लेक्समा समेत तिहार बजार छाएको छ ।

उपत्यकाका व्यापारिक केन्द्र न्युरोड, असन र वसन्तपुर क्षेत्रमा अझ बढी तिहारको चहलपहल छ । यस क्षेत्रमा विशेषगरी फूलमाला, ऋतुफल र टीकाप्रसादका सामानको ठूलो बजार लागेको छ । उपत्यकाभन्दा बाहिरी जिल्लाबाट फूलको व्यापार गर्न आउनेहरु पनि प्रशस्त छन् । सिन्धुपाल्चोक, गोरखा, काभ्रेलगायत जिल्लाबाट तिहार सामग्री काठमाडौं ल्याएर बेच्नेहरु बढेका छन् । न्युरोड गेडदेखि नै रेलिङमा फूलका माला राखिएका छन् ।

सडक पेटीमा भाइटीकामा लगाइने टीका, ओखरलगायत सामग्रीको व्यापार उच्च छ । न्युरोड क्षेत्रका सानादेखि ठूला सुनचाँदीका पसल झकिझकाउ पारिएको छन् । बीच बाटोमै व्यापारीहरु सयपत्री र मखमलीका मालाको व्यापार गरिरहेका छन् ।

सबै तस्बिरः युवराज बस्नेत/क्यापिटल नेपाल