डा. केसी समर्थनमा प्रदर्शन (फोटो फिचर)

प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापासम्मका व्यक्तित्वको सहभागिता थियो ।

डा. गोविन्द केसी पक्राउ परेपछि उनको समर्थनमा राजनीतिक दलदेखि सर्वसाधारणले समेत माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापासम्मका व्यक्तित्वको सहभागिता थियो ।

अदालतको मानहानीको मुद्दा लागेपछि पक्राउ परेका डा. केसीको समर्थनमा माइतीघर मण्डलामा उनीहरू सर्वसाधारणको भीडसहित पदर्शनमा सहभागी भएका हुन् । उनीहरूले डा. केसीलाई अपराधीजसरी गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका छन् । हेर्नुहोस् फोटो फिचर