चाकुको चक्र

माघेसङ्क्रान्ति नजिकिँदै गर्दा टोखामा चाकु बनाउनका लागि घरेलु उद्योगी र कामदारहरुलाई भ्याइनभ्याई छ ।

पुसको मध्यतिर नै टोखामा चाकु बनाउन घरेलु उद्योगहरु सक्रिय हुन्छन् । माघेसङ्क्रान्ति र त्यसपछि पनि निरन्तर माग हुने भएकाले चाकु बनाउने, प्याक गर्ने र बजारसम्म पुर्याउनका लागि घरेलु उद्योगका पूरै परिवार सक्रिय हुन्छन् । त्यस्तै परिवारमध्येका एक हुन् राजाभाई श्रेष्ठ । पुसको जाडोमा पनि असिनपसिन गर्दै चाकु बनाउन लागिरहेका उनले भने, ‘बजारमा चाकुको माग अत्याधिक रुपमा बढिरहेकाले अरु काम गर्न फुुर्सद नै छैन ।’

अहिले यो पर्व आउनुभन्दा एक महिना अघिदेखि बजारमा चाकुको माग अत्याधिक रुपमा बढिरहेको उनले जानकारी दिए । विशेष गरी जाडो महिनामा तथा पुस–माघको समयमा १४–१५ जना कामदार खटिँदा पनि बजारको मागलाई पूरा गर्न हम्मेहम्मे पर्ने बताए । सामान्यतया अरु महिनामा ३० देखि ४० केजी चाकु उत्पादन गर्ने यो उद्योग, अहिले दैनिक २ हजारदेखि ३५ सय केजीसम्म बजारमा चाकु निर्यात गर्ने गरिएको र सोभन्दा बढी पनि माग हुने गरेको बताउ“छन् । उनले २ सय ५० ग्राम चाकुको मूल्य ४०–४५ रुपैयाँसम्म पर्ने जनाए ।

आप्mनो उद्योेगमा सादा, मसलायुक्त (खुवा, बदाम, किसमिस) आदि मिश्रित, स्पेसल तथा तीलको लड्डू र तिलौराका साथै अन्य विभिन्न परिकारसमेत उत्पादन गर्ने गरिएको श्रेष्ठले जानकारी दिए ।