निर्मला हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई होला त कारबाही ?

के अब अनुसन्धानमा खटिएका प्रहरीमाथि कस्तो कारबाही होला त ? प्रहरीले हत्याको अभियोगमा सार्वजनिक गरिएका दिलीपसिंह विष्ट निर्दोष भएको खुलिसकेको छ ।

काठमाडौं : १३ वर्षीया निर्मला पन्तको अनुसन्धान झनै जटिल बन्दै गएको छ । घटना प्रहरीले लापरबाही गरेको र यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दिलीपसिंह विष्टका दाजु खड्ग विष्टले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै मङ्गलबार प्रहरीमा जाहेरी दिएका छन् ।

के अब अनुसन्धानमा खटिएका प्रहरीमाथि कस्तो कारबाही होला त ? प्रहरीले हत्याको अभियोगमा सार्वजनिक गरिएका दिलीपसिंह विष्ट निर्दोष भएको खुलिसकेको छ ।

डीएनए रिपोर्ट नमिलेपछि उनी प्रहरी फन्दाबाट उम्किन सफल भएका हुन् । आखिर प्रहरीले विष्टलाई किन नक्कली अभियुक्त खडा गर््यो त ? त्यसो त प्रहरीले घटनाको अनुसन्धानमा प्रमाणसमेत नष्ट गरेको आरोप लागेको छ ।
भदौदेखि लागु मुलुकी अपराध संहितामा नक्कली अभियुक्त र प्रमाण नष्ट गर्ने प्रहरीमाथि ६ महिना कैद र ५ हजार रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था छ । के भदौदेखि लागू संहिताले साउनमा भएको घटनामा त्यहीअनुसारको कारबाही गर्ला ?

मुलुकी अपराध संहिताको दफा ९९९२० अनुसार बदनियतपूर्वक अनुसन्धान गर्ने प्रहरीलाई ६ महिना कैद तथा पाँच हजार रुपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

कानुनबमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु नहुने सहिंतामा उल्लेख छ ।

त्यस्तै उपदफा ९१० बमोजिमको कसुरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी भएमा निजले त्यस्तो कसुरदारबाट क्षतिपूर्ति भराई लिन सक्नेछ भन्नेसमेत व्यवस्था छ ।

क्षतिपूर्तिका लागि भने पीडित वा अख्तियारप्राप्त व्यक्ति अदालत जानुपर्नेछ । प्रहरीले केके प्रमाण नष्ट गर्यो यो स्पष्ट खुल्न सकेको भने छैन ।