सर्वोच्च अदालतको आदेशमा  गुन्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

मनाङेलाई गएको वर्ष माघ महिनामा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै उनी फरार भएका थिए । उनले सांसदको सपथ समेत लिन पाएका थिएनन् ।

काठमाडौं । चर्चित गण्डा नाइके दीपक मनाङे थुनामुत्त भएका छन् । मनाङका प्रदेशसभा सांसद दिपक मनाङ्गे ( राजिव गुरुङ) लाई थुना मुक्त गर्न सर्वोच्वले आदेश गरेको छ । सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको हो ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्ली बजारमा कैद भुक्तान गदै आएका थिए ।
मनाङेलाई गएको वैशाख ७ गते प्रहरीले काठमाडौको सानोभर्र्याङबाट पक्राउ गरेको थियो ।
मनाङेलाई गएको वर्ष माघ महिनामा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै उनी फरार भएका थिए । उनले सांसदको सपथ समेत लिन पाएका थिएनन् ।

के थियो मनाङेको मुद्धा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेर हात छिनालेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । जिल्ला अदालत काठमाडौंले उक्त मुद्धा कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । त्यसैगरी समुहका अर्का सदस्य गणेश लामा, रेवत कार्की रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । त्यसपछि मनाङे प्रदेश सभाबाट स्वतन्त्र रुपमा चुनाव लडेर जितेका थिए ।