गुरुङ समुदायले यसरी मनाए तमु ल्होसार (हेर्नुहोस् तस्बिर)

तमु (गुरुङ) भाषा अनुसार ल्होसारको अर्थ नयाँ वर्ष हो । जसमा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने बुझिन्छ । विशेषगरी यस पर्वमा तमु जातिहरु एक ठाउँमा भेला भई एकआपसमा शुभकामना आदानप्रदान र सामूहिक भोज खाने चलन छ ।

काठमाडाैं : गुरुङ जातिको नयाँ वर्षको रुपमा मनाइने तमु ल्होसार पर्व आज मुलुकभरका तमुु (गुरुङ) जातिहरुले मनाएका छन् । यस पर्वको आफ्नै सांस्कृतिक महत्त्व छ ।

तमु (गुरुङ) भाषा अनुसार ल्होसारको अर्थ नयाँ वर्ष हो । जसमा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने बुझिन्छ । विशेषगरी यस पर्वमा तमु जातिहरु एक ठाउँमा भेला भई एकआपसमा शुभकामना आदानप्रदान र सामूहिक भोज खाने चलन छ ।

ल्होसारको अवसरमा काठमाडौंको टुडिँखेलमा तमु जातिहरुले विशेष हर्षोल्लासका साथ तमु ल्होसार मनाएका छन् । तमु जातिको परम्परागत भेषभुषामा सजिएर देखिएका गुरुङ (तमु)हरुले मौलिक बाजागाजासहित झाँकी प्रदर्शन गरेका थिए । तस्बिर : सुजन गुरुङ/क्यापिटल नेपाल