सशस्त्र प्रहरी बलका पूर्व एआइजी ऋषभदेव भट्टरार्ई भ्रष्टाचारी ठहर, ९ महिना कैद र ८० लाख जरिवाना

विशेषले उनलाई ९ महिना कैद र ७९ लाख ८७ हजार २२५ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बलका पूर्व एआइजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ।
भट्टराईले सशस्त्र प्रहरीमा काम गर्दा १ करोड २१ लाख ४९ हजार ६५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेपछि उनलाई भष्टचारी ठहर गरेको विशेष अदालतका रजिष्टार भीम श्रेष्ठले जानकारी दिए ।

विशेषले उनलाई ९ महिना कैद र ७९ लाख ८७ हजार २२५ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियारले १ करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै २०७३ मंसिर ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

भट्टराईको कुल सम्पत्ति ३ करोड १७ लाख ६७ हजार रुपैयाँ भएको र त्यसमध्ये १ करोड २६ लाख ३० हजार २४९ रुपैयाँको मात्र स्रोत खुलेको विषेश अदालतको ठहर छ । भट्टराई हाल नयाँ शक्ति नेपाल पाटीमा रहेर राजनीति गर्दै आएका छन् ।