व्यवसायीका अनुसार नेपालमा वार्षिक ७ लाख टन रड उपादन हुँदै आएको छ । अहिले एउटा कम्पनीले वार्षिक सरदर ४० हजार टन रड उत्पादन गरिरहेको छ । उपर्युक्त २० ओटा उद्योगले वर्षमा सरदर ७ लाख टनभन्दा बढी रड उत्पादन गर्दै आएको थापाले जानकारी दिए । पशुपति स्टिल्स् प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नेपाली उत्पादन गुणस्तरीय हुनुका साथै माग अनुसार उत्पादन गर्न सक्षम रहेको बताए ।
नेपालमा सञ्चालित डेढ दर्जन स्टिल उद्योगमा ३० अर्ब रुपैयाँ लगानी पुगेको छ । देशभित्र निर्माण सामग्रीको खपत बढेसँगै स्टिल उद्योगमा लगानी वृद्धि भएको नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका पूर्वअध्यक्ष ध्रवकुमार थापाले बताए । ‘पछिल्लो पाँच वर्षमा विभिन्न नयाँ नयाँ स्टिल उद्योग खुलेका छन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘स्टिलको माग बढ्दै गएकाले नयाँ उद्योग स्थापना बढेको हो ।’
नेपालमा ठुल्ठूला जलविद्युत् आयोजना, सडकलगायत अन्य पूर्वाधारमा सरकार तथा निजी क्षेत्रले तीव्र गतिमा कार्य गरिरहेकाले स्टिलकोमाग बढ्न गई यस क्षेत्रमा ठूलो लगानी भएको थापाको भनाइ छ । अहिले मुलुकमा हुलास स्टिल, कमला स्टिल, अशोक स्टिल, हिमाल स्टिल, जगदम्बा स्टिल, काठमाडौं स्टिल, लक्ष्मी स्टिल, अम्बे स्टिल, एभरेस्ट स्टिल, गोयन्का स्टिल, वागेश्वरी स्टिल, हामा स्टिल, नारायणी स्टिल, पञ्चकन्या स्टिल, पशुपति स्टिल, एसआर स्टिल, शाखः स्टिल, सालिमार स्टिल, मारुति नन्दन स्टिल, भगवती स्टिललगायतले व्यावसायिक रुपमा रड उत्पादन गर्दै आएका छन् ।
थापाका अनुसार एउटा उद्योग खोल्न एकदेखि डेढ अर्ब रुपैयाँ लगानी लाग्छ । यसरी हिसाव गर्दा माथि उल्लिखित २० ओटा स्टिल उद्योगमा ३० अर्ब रुपैयाँ लगानी भएको देखिन्छ ।
व्यवसायीका अनुसार नेपालमा वार्षिक ७ लाख टन रड उपादन हुँदै आएको छ । अहिले एउटा कम्पनीले वार्षिक सरदर ४० हजार टन रड उत्पादन गरिरहेको छ । उपर्युक्त २० ओटा उद्योगले वर्षमा सरदर ७ लाख टनभन्दा बढी रड उत्पादन गर्दै आएको थापाले जानकारी दिए ।
पशुपति स्टिल्स् प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नेपाली उत्पादन गुणस्तरीय हुनुका साथै माग अनुसार उत्पादन गर्न सक्षम रहेको बताए ।
‘नेपाली उद्योगसँग उच्च गुणस्तरयुक्त प्रविधि पनि छ,’ उनले भने, ‘अहिले बजारमा मागभन्दा बढी उत्पादन गइरहेको छ ।’
प्रविधिमा आएको परिवर्तन र बढ्दो प्रतिस्पर्धासँगै उद्योगीले नयाँ लगानी थपेर उत्पादन बढाइरहेका छन् । स्टिल उद्योगले बजारमा मागेजति रड दिन सक्षम रहेको उद्योगीको दाबी छ ।
बजारमा प्रतिस्पर्धा बढेकाले गुणस्तर र मूल्यमा समेत चिन्ता नगर्न उद्योगी आग्रह गर्छन् । लोडसेडिङ हटेपछि उद्योगीहरु पनि उत्साहित छन् । दैनिक १८÷२० घण्टा बिजुली पाउँदा रड उत्पादनमा निकै सजिलो भएको अम्बे स्टिलका प्रबन्ध निर्देशक शङ्कर न्यौपानेले बताए ।
‘उद्योगीको सुखद पक्ष भनेको अहिले बिजुली पाएका छौं,’ न्यौपानेले भने, ‘गुणस्तरीय सामान उत्पादन भएकाले प्रयोगकर्ता पनि सन्तुष्ट छन् ।’ हरेक वस्तुको आयात विदेशबाट भए पनि रडमा नेपाल आत्मनिर्भर रहेको उद्योगीहरुको दाबी छ ।
नेपाल गुणस्तर परिषद्को सिफारिसअनुसार तय भएको मापदण्डमा फलामे छडको बलियोपन, लचकता, कच्चा पदार्थको प्रयोग लगायतमा मापदण्ड तय गरिएको हो । रडको रासायनिक गुणअन्तर्गत फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड तय भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
‘डन्डीको गुणस्तर हेरेरमात्र थाहा हुँदैन,’ पुडासैनीले भने, ‘हरेक उद्योगले गुणस्तर चिह्न लिएर उत्पादन गरे पनि ग्रेड विभाजन गरेका छौं ।’ अहिले ४ सय १५, ५ सय, ५ सय ५०, ६ सय गे्रडका स्लिट रड बजारमा रहेको उनले बताए ।